पेशाले इन्जिनियरिंग-कन्ष्ट्रक्सन कम्पनिमा लामो समयदेखि आवद्ध थलराज पन्तले बोर्ड अफ डाईरेक्टरमा उम्मेदवारी दिनु भएको छ । विगत १३ बर्षदेखि टेक्सासमा बस्दै आएका पन्त एन. आर. एन. – एन. सी. सी. अमेरिकाको लाईफ़ टाईम मेम्बर, जनसंपर्क समिति डालास च्याप्टरको सल्हाकार एवं फाउण्डिंग मेम्बर, टेक्सासमा रहेको एक मात्र नेपाली मन्दिरको फाउण्डिंग मेम्बर तथा बोर्ड अफ ट्रष्टी, टियू-लाईन्स ब्लड ट्रान्सफ्यूजन तथा रिसर्च सेन्टरको फाउण्डिंग मेम्बर, यू.एस.ए.-नेपाल कम्यूनिटी आऊटरिच नेटवर्क संस्थाको फाउण्डिंग डिरेक्टर, डालास एभरेष्ट लायन्स क्लवको प्रथम उपाध्यक्ष्य, ब्लड डोनर अफ अमेरीकाको लाईफ़ टाईम मेम्बरका साथै डालासका नेपाली ब्यापारी हरूको संस्था यती चेम्बर अफ कमर्सको संस्थापक कार्यकारी सदस्य हुँदै विभिन्न संस्था मार्फत...
रत्ननगर,असार २७- विधान संशोधनको विषयलाई लिएर रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभामा सोमबार तोडफोड भएको छ । विधान संशोधनको विपक्षमा रहेका केही व्यवसायीहरुले साधारण सभाको हलमा तोडफोड गरेका हुन् । विधान मस्यौदा समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले संशोधन प्रस्ताव प्रस्तुत गरेर पारित भएको घोषणा गरे लगतै असन्तुष्ट व्यवसायीहरु तोडफोडमा उत्रिएका थिए । असन्तुष्ट व्यवसायीहरुले कार्यक्रमको मञ्च तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरुले मञ्च भत्काउनुका साथै टेबल, कुर्चीसमेत तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । व्यवसायीले १८ औं साधारण सभा तथा अधिवेशन लेखेको संघको मूल व्यानरसमेत च्यातेका थिए । ती प्रमुख दल निकट व्यवसायीहरुले एक हप्ता अघि अर्को अधिवेशनबाट वरिष्ट...
मतपत्र के भएको छ भनेर प्रहरीले बाहिरबाट मात्र हेर्छन्, भरतपुर महानगरपालिका मत गणना प्रकरण असार २६, २०७४- मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ । जेठ १४ गते राति गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिँदा वडा नम्बर १९ र २० को मत गन्न बाँकी...
काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको बताएका हुन् । तर उनले महंगो गाडीको प्रस्ताव नआएपनि राष्ट्रपतिको पदको गरिमा र सुरक्षाको सही व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित हुनुपर्ने तर्क गरे । बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको बारे जवाफ मागेका थिए । प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको पनि स्पष्ट पारे । अर्को प्रसंगमा देउवाले...
२७ असार, काठमाडौं । नेपाली अण्डर- २३ राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशको युवा टोलीलार्इ पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सुपरस्टर स्ट्राइकर बिमल घर्तीमगरको गोलको सहयोगमा नेपाली युवा टोली एक शून्य गोलले विजयी भयो । खेल सुरू भएको २०अाैं मिनेटमा मिडफिल्डर अञ्जन विष्टको क्रसलार्इ सदुपयोग गरी कप्तान तथा स्ट्राइकर विमलले उत्कृष्ठ गोल गरे । एएफसी अण्डर- २३ च्याम्पियनसिप छनाैटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो । पहिलो हाफमा गोल गरेपनि नेपालको खेल स्तरीय भने थिएन । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक राजुकाजी शाक्यले ४-५-१ को फर्म्याटमा पहिलोपटक खेलाइएकाले खेलाडीहरू अा-अाफ्नो पोजिसनमा...
२७ असार काठमाडौं । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन । डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा विद्यावारिधि गरेका उनलाई नयाँ प्रविधिमा काम गरेवापत सन् २०११ अक्टोबरमा पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसमा ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो । विदेशमा अध्ययन, नेपालमा सेवा पर्वतको तिलाहार गाविसमा जन्मेका भट्टराईले एसएलसी पछिको सम्पूर्ण शिक्षा र तालिम विदेशमै पूरा गरे । सन् १९९४ मा एमबिबिएस पढ्न उनी रुस पुगे ।...
२७ असार, काठमाडौं । नेपालमा निकै अनौठा खालका राजनीतिक घटना हुने गरेका छन् । यही सिलसिलालाई निरन्तरता दिँदै नेपाल सरकारका बहालवाला मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एसियाली विकास बैंक (एडीबी)को जागिर खान विदेशिने भएका छन् । एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव सुवेदी राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका छन् । सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ । गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् । सुवेदी साउन १ गतेदेखि एडीबी कार्यालयमा...
काठमाडौं- निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो। उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन्। निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने जानकारी दिए।...
कतारमा नेपाली कामदारलाई १२ लाख रुपैया पुरस्कार कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कार गर्दै आएको छ । खान त्यस कम्पनीमा दुई बर्षअघि सहायक लेखापालको रुपमा प्रवेश गरेका थिए । फिरोजले आफु उत्कृष्ट भएपछि निकै उत्साहित भएको वताए । त्यस कम्पनीले आफ्ना भुकुम्प पीडित कामदारको भवन बनाउन समेत सहयोग गरेको थियो । त्यसको लागि पीडित कामदारहरुलाई झन्डै ५ लाख रियाल सहयोग गरेका थिए ।
काठमाडौं, २६ असार । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने नगर्ने बारेको सुनुवाई मिति फेरि सरेको छ । सोमबारका लागि सर्वोच्च अदालतमा न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाई साउन २ गतेका लागि सारिएको सर्वोच्चले जनाएको छ । यसअघि पटकपटक पेशी तोकिए पनि सर्वोच्चले फैसला गर्न नसक्दा भरतपुरमा अन्यौल बढेको छ । भरतपुरमा विजयी २७ वटा वडाका प्रतिनिधिले सपथ ग्रहण गर्न पाएका छैनन् भने मतदान हुने कि गणनालाई निरन्तरता दिने भन्ने टुंगो नलाग्दा भरतपुर बासिन्दा दिक्क भएका छन् । वैशाख ३१ गते भएको मतदानको गणना भइरहेका बेला प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले...
सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिकाले महानगर भित्र अखाद्य तथा गुणस्तरहिन खाद्य वस्तुको विक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ...
रत्ननगर/पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाले १६ बार्षिकोत्सवको अबसरमा विशेष कार्यक्रम आयोजना गरि...
भरतपुर/धर्मेन्द्र वास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) का जिल्ला नेता दिपक ढकालले पार्टी छोडेका छन् । नेकपा (बहुमत) को जिल्ला...
भरतपुर/चितवन रोटरी क्लबले बुधबार भरतपुर महानगरपालिका ३ का वडा अध्यक्ष विकास थापाको समन्वयमा शारीरिक अपाङ्गता तथा आर्थिक स्थिति कमजोर...
भरतपुर/सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा जारी छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारको उद्योग, वाणिज्य...