सन्तोष देवकोटा भरतपुर/आर्थिक प्रशासनको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सस्था लेखा समाज चितवनको वनभोज र अधिवेशन रत्ननगरको रमाईलो डाँडामा सम्पन्न भएको छ । समाजका निवर्तमान सचिव कृष्ण प्रसाद सुवेदीले संचालन गर्नु भएको कार्यक्रम समाजका अध्यक्ष शरदचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशनले सुनिल कुमार उपाध्यायको अध्यक्षतामा लेखा समाज चितवनको नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा ऋषि कडुवाल, कृष्ण प्रसाद सापकोटा, सचिवमा कृष्ण प्रसाद सुवेदी, सहसचिवमा बावुराम पौडेल, कोषाध्यक्षमा शर्मिला न्यौपाने, सहकोषाध्यक्षमा रन्जित थापा, सदस्यहरुमा रामहरि खनाल, राजेन्द्र कुमाल, रविना रघुवंशी, दामोदर आचार्य, उत्तम थापा, बालेन्द्र राम हरिजन रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष उपाध्यायले लेखा समुहको पेशागत...
सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनको २१ औं साधारणसभा तथा ७ औं परिषद् भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले नवजागृति सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो । सामुदायिक बनको गुरुयोजना अनुसारको काममा सहयोग गर्न महानगर प्रतिवद्ध रहेको वताउँदै प्रमुख दाहालले उपभोक्ता र जनताको हितलाई लक्षित गरि वातावरणमैत्री तवरले सामुदायिक वनलाई आयआर्जन तर्फ ध्यान दिन आग्रह गर्नु भयो । फरक प्रसंगमा कुरा गर्दै प्रमुख दाहालले भरतपुर ११ लगायत महानगरका कतिपय ठाउँमा डुवानको समस्या रहेको र उक्त...
भरतपुर/उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्वन्धि चार दिने निशुल्क सेमिनार सम्पन्न भएको छ । एक सय जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो, संगिता अर्यालले प्रशिक्षण दिनु भएको थियो । सेमिनार उद्घाटन कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदी प्रमुख अतिथी रहनु भएको थियो । चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनार तालिम संयोजक योगिता पियाले संयोजन गर्नु भएको थियो ।
चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब र स्पाउस् क्लब अफ आर.सी. चितवनले संयूक्त रुपमा स्वीटर वितरण गरेको छ । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधान र स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालको संयूक्त अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष केशब महर्जन प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्रकुमार पिया रहनु भएको थियो । स्पाउस् क्लबका सचिब पार्वती बगाले सुबेदीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालले राख्नुभएको थियो ।...
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दिनेश कुमार चुके निर्विरोध निर्वाचित भएका छन् । बुधबार नारायणगढमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा शारदा शर्मा पौडेल, कोषाध्यक्षमा प्रमोद कुमार श्रेष्ठ, सञ्चालक सदस्यहरुमा प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुवकुमार ओझा, अनिता मैनाली, देशबन्धु अधिकारी, सन्देश पाठक र सूर्य बराल निर्विरोध चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोबिन्द प्रसाद पौडेल, सदस्यमा गोबिन्द सुबेदी र कृष्णहरि तिमल्सेना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले मंसिर १८ गते टाँडी सेवाकेन्द्र, १९ गते विजयनगर सेवाकेन्द्र र २० गते प्रधान कार्यालय नारायणगढमा एकाइगत बैठक...
सन्तोष देवकोटा टाँडी/हंस वहुउदेश्यीय सहकारी संस्था लिको १९ औं वार्षिक साधारणसभा अन्तरगत आइतबार १३ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम तथा टाँडी सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुको इकाई बैठक सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । सहकारीका उपाध्यक्ष बावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि., टाँडी शाखा प्रवन्धक नरेश कामती, रत्ननगर अस्पतालका देवेन्द्र कुमार श्रेष्ठलगायतले वोल्नु भएको थियो । उक्त इकाई वैठकले सहकारीको साधारणसभामा सहभागिताको लागि प्रतिनिधिहरुसमेत चयन गरेको छ । बैठकले भवानी अधिकारी, किरण अधिकारी, चण्डिका...
सन्तोष देवकोटा भरतपुर/नारायणगढको सहिदचोक स्थित मुख्य कार्यालय रहेको हंस वहुउदेश्यीय सहकारी सस्था लि.ले पश्चिम चितवनको जीतपुरमा सेवाकेन्द्र स्थापना गरेको छ । भरतपुर २८ का वडा सदस्य शेर बहादुर कुमाल र हंस वहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले शनिबार एक औपचारिक कार्यक्रमका विच सेवाकेन्द्रको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा वडा सदस्य कुमालले जीतपुरमा आर्थिक कारोवार गर्ने विश्वासिलो वित्तीय सस्थाको अभाव रहेको वताउँदै हंस वहुउदेश्यीय सहकारीलाई स्वागत गर्नु भयो । सहकारीले कृषिमा आधारित कार्यक्रम ल्याउनु पर्ने बताउँदै उहाँले उत्पादन मुलक काममा लगानी गर्नुपर्ने वताउनु भयो । जीतपुर क्षेत्र पर्यटकीय हिसावले संभावना वोकेको क्षेत्र भएको वताउँदै...
सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.र क्षेत्रपुर स्थित दियालो फुडल्याण्ड होटल विच छुट सम्झौता भएको छ । उक्त सम्झौता अन्तरगत सुनचाँदी साकोसका शेयर सदस्यहरुले दियालो फुडल्याण्डका वस्तु तथा सेवामा विशेष छुट पाउने भएका छन् । सम्झौता पत्रमा सहकारीका तर्फवाट अध्यक्ष रुविन रामुदामु तथा उपाध्यक्ष टुलक प्रसाद विश्वकर्मा र होटलका तर्फवाट प्रवन्ध निर्देशक रमेश चन्द्र अधिकारी र प्रतिनिधि शंकर न्यौपानेको हस्ताक्षर रहेको छ । सम्झौता भएसंगै सहकारीका सदस्यहरुले रेष्टुरेन्ट फुड आईटममा १५ प्रतिशत र वेवरेज आईटममा ५ प्रतिशत छुट पाउने भएका छन् । यो संगै होटलका रुम (कोठा) लगायतका अन्य सेवामा पनि आकर्षक छुटको सम्झौता...
सन्तोष देवकोटा भरतपुर/भरतपुर १२ मालपोत चोकमा मुख्य कार्यालय रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को विभिन्न सेवाकेन्द्र स्तरीय २४ औं साधारणसभा सम्पन्न भएको छ । सहकारीको साधारणसभा अन्तरगत बुधबार भरतपुर १२ लताकुञ्ज लिजर सेन्टर एण्ड पार्टी प्यालेसमा फुलबारी र आमा सेवाकेन्द्रका सदस्यहरुको सहभागितामा साधारणसभा सम्पन्न भएको हो । यसैगरी बुधबार नै राम्रो सेवा केन्द्र पार्वतीपुर र सहयात्री सेवाकेन्द्र खोलेसिमल अन्तरगतका शेयर सदस्यहरुको सहभागितामा साधारणसभा सम्पन्न भएको छ । भरतपुर १२ मा सम्पन्न फुलबारी र आमा सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न साधारणसभा सहकारीकी सचिव सृजना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । शिक्षा समितिका संयोजक सुरज पाठकले संचालन गर्नु...
भरतपुर/भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले देश बिकासमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । युवाहरु देश बिकासका मेरुदण्ड हुन् उप प्रमुख अधिकारीले भन्नूभयो, परि आए युवाहरुले देशको बागडोर सम्हाल्न सक्ने छन् । ज्योति युवा क्लब भरतपुर ८ गौरीगञ्जको २२ औ बार्षिक साधारणसभा तथा १२ औ अधिबेशनलाई शनिबार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले युवा बर्गहरु देशकै ज्योति भएको बताउनु भयो । युवाहरु बिना देशको बिकास असम्भव छ अधिकारीले भन्नूभयो, देश बिकास गर्ने युवाहरु उत्पादन गर्ने काम ज्योति युवा क्लबले गरेको छ । समाज रुपान्तरणमा युवाहरुको ठुलो भुमिका रहेको बताउदै उहाँले पछिल्लो समय टोल, वडा देखि नगर जिल्ला...
सन्तोष देवकोटा भरतपुर/आर्थिक प्रशासनको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सस्था लेखा समाज चितवनको वनभोज र अधिवेशन रत्ननगरको रमाईलो डाँडामा सम्पन्न भएको...
सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनको २१ औं साधारणसभा तथा ७ औं परिषद् भेला शनिबार भरतपुरमा सम्पन्न...
भरतपुर/उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल...
चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब...
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दिनेश कुमार चुके निर्विरोध निर्वाचित भएका छन् । बुधबार...