भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ“ बजारमा आएको छ । क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ । तुलसी क्षेत्रीको यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै गीतमा अनुनय बिनय गरेका छन् । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । गीत र गीतको भिजुयल निकै दमदार बनेको आम दर्शकको भनाई...
भरतपुर/विश्वभर फैलिएको कोरोना संक्रमणको कारण संकटमा परको पर्यटन प्रवद्र्धनको लागि शक्ति युवा मञ्च चितवनले दुई दिने अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्रलाई चलायमान वनाउन आन्तरिक पर्यटकको भुमिका महत्वपुर्ण हुने भएको वताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम आयोजना गरिएको मञ्चका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक वसन्त पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमणले गर्दा थलिएको होटल व्यवसायलाई प्रवद्र्धन गर्न मञ्चले फिस्लिङ क्षेत्रको अवलोकन भ्रमण र गोरखा विच होटलमा बनभोज कार्यक्रम गरेको हो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपानेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष देवकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपाने, उपाध्यक्ष कृष्णचन्द्र...
बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।
बालकृष्ण खनाल मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो । धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।
बालकृष्ण खनाल तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म । व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।
बालकृष्ण खनाल हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ । तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।
बालकृष्ण खनाल यो कंक्रिटको शहरमा बंगला छन् गाडी छन् तर मान्छेहरूको मन छैन डिस्को र बारमा खर्चिने पैसा छन् तर ढोका उभिने जोगीलाई धन छैन । झन् बालक देखि बृद्धसम्म पवजी र टिकटकमा रमाउन थाले देखि त ककटेल भएको छ धर्म संस्कृतिमा पनि कतै केही मौलिक पन छैन ।
बालकृष्ण खनाल भरतपुर, चितवन कहिले महाकालीले, विवादित बनायो यो देशलाई कहिले एमसिसिले, विभाजित बनायो यो देशलाई । राष्ट्रिय मुद्दामा पनि समान धारणा बनाउन नसक्दा विना मतलवमा, आन्दोलित बनायो यो देशलाई ।
बालकृण खनाल भरतपुर, चितवन घडी पला दिन गर्दै चल्छ जिन्दगानी थाहै हुन्न कुन बेला ढल्छ जिन्दगानी । उमेर छँदा सान सौकत सवै दायाँबायाँ त्यसै त्यसै धप धपी बल्छ जिन्दगानी । भान हुन्छ कसैलाई संसारै छ बसमा लाग्छ यसैगरी फूल्छ फल्छ जिन्दगानी । हेर्दाहेर्दै समयले नेटो काट्छ आँखै अघि पत्तै नपाई भित्र भित्रै गल्छ जिन्दगानी । स्थायी छैन केहिपनि नाशवान सवै यहाँ आखिरीमा खरानी भई जल्छ जिन्दगानी ।
बालकृष्ण खनाल भरतपुर, चितवन मख्ख नपर्नुस् छिमेकीको कुनै सहयोगमा उसको दाउमा हेर्नुस् बदलामा सिमाना काँहाँ छ मिचिएको बोर्डर छेउ छाउमा हेर्नुस् । मझधारमा हुनुहुन्छ सिंगै देश बोकेर हिँडनु भएको छ काँधमा दाँयाँवाँयाँ नजर लाउने छुट छैन मात्र आफू सवार नाउमा हेर्नुस् । महंगीले आकाश छोएको छ ठगिएका छन् किसान र ग्राहकहरू जानुस् पहिला विचौलिया र साहुले तोक्ने बजार भाउमा हेर्नुस् । तपाईंले केही कुरा पनि सोध्नै पर्दैन आफ्ना सल्लाहकारहरू सँग आँफैले उठाउने हरेक कदम, टेक्ने धर्ती अनि आफ्नै पाउमा हेर्नुस् । देश दुखेको हेर्न कहिँ टाढा जानू पर्दैन प्लेन र हेलिकप्टरहरूमा रगतमा लतपतिएका सहिदका सपना र घाइतेका घाउमा हेर्नुस्...
भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा...
भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा छात्रवृत्ति वितरण गरेको छ । क्लबले कक्षा ९ बाट सर्वोत्कृष्ट...
भरतपुर/कोभिड १९ को संक्रमण तथा विविध कारणवश वितरण गर्न बाँकी रहेका छात्रवृत्ति, पुरस्कार र पदकहरु बालकुमारी माध्यमिक विद्यालयले बुधबार...
भरतपुर/यहि बैसाख ३० गतेको लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदबार तथा...
सन्तोष देवकोटा भरतपुर\भरतपुर ४ लंकु स्थित नहरछेउमा क्युमिन रिसोर्ट संचालनमा आएको छ । पुर्ण पारिवारिक वतावरण सहितको उक्त रिसोर्ट...