बाबुराम दवाडी भरतपुर ९ चितवन नेपालीहरुको प्रमुख चारु मध्ये दशै पनि एक हो। दशैलाई नेपालको राष्ट्रिय चाडको रुपमा समेत मानिन्छ। दशैलाई बडादशै, बिजया दशमी, नवरात्री, नौरथा दशहरा आदि नामले चिनिन्छ। बर्षा ऋतु सकिएर शरद ऋतु शुरु भएपछि दशै शुरु हुन्छ। हामी कहाँ प्रयोग हुने पात्रो पृथ्वीवाट देखिने सूर्यको अबस्थिति अनुसार परिवर्तन हुने “सौर्यमास” र चन्द्रमाको अबस्थिति अनुसार गणना हुने ” चन्द्रमास” को मिश्रित रुप हो। हाम्रा चाडपर्वहरु केही सौर्यमासको गते अनुसार मनाइन्छ भने केही चाडपर्वहरु चन्द्रमासको तिथिका आधारमा मनाइन्छ। नव बर्ष, असार पन्द्र, साउने सक्रान्ती, पुस पन्द्र, माघे संक्रान्ति अथवा माघी आदि सौर्यमासको गतेका आधारमा मनाइने चाडपर्बहरु हुन। बुद्ध...
भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा १५७ ओं मोती जयन्तिको अवसरमा खुल्ला प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठी हुने भएको छ । आगामी भाद्र ११ गते शनिबार भरतपुर महानगरपालिकाको सभाकक्षमा हुने प्रतियोगितात्मक गोष्ठीका लागि “अहङ्कारको आयु लामो हुदैन” भन्ने शीर्षक चयन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा बढीमा १२० शब्दसम्म मात्र शब्द सीमा तोकिएको छ । प्रतिष्ठानले एक सूचना सार्वजनिक गर्दै आगामी भाद्र ०६ गतेसम्म प्रतिष्ठानको सचिवालय वा इमेल ठेगाना pragyapratisthanbhr078@gmail.com मा आइपुग्नेगरी रचना आव्हान गरेकोे छ । प्रतियोगिताका विजयीहरूलाई आकर्षक नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ“ बजारमा आएको छ । क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ । तुलसी क्षेत्रीको यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै गीतमा अनुनय बिनय गरेका छन् । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । गीत र गीतको भिजुयल निकै दमदार बनेको आम दर्शकको भनाई...
बालकृष्ण खनाल देशको अबस्था बुझ्न त्रिशूलीमा बालुवा चाल्ने आमाहरूलाई हेर्नुपर्छ मात्र छाक टार्नकै लागि अरूको भित्तो टाल्ने आमाहरूलाई हेर्नुपर्छ । ईन्डक्सन चुलो र बिजुली गाडीको कुरा गरेर मात्रै हुँदैन है सरकार पहिला बत्तिलाई झरो र चुल्होमा दाउरा बाल्ने आमाहरूलाई हेर्नुपर्छ ।
बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।
बालकृष्ण खनाल आँगन भरि सयपत्री र मखमली फूले फूलसँगै संझनाका ती पाना पनि खुले । टालाटुली, भाँडाकुटी बालापनका खेलहरू जित्नलाई गरेका ती मिठा मिठा झेलहरू । एकएक गरि मनका तरेलीमा उनिएर आए सम्झीसम्झी रोयो मन आँखा सुनिएर आए । उनी दुखी हुँदा सँगै रून्थे हाँस्दा सँगै हाँस्थे सजाउँला कुनै दिन पुतली झैँ भन्ने रहर साँच्थेँ । उमेर छँदै अनायासै भगवानकी भएर गईन मनका ईच्छा मनमै मर्दा आँखा हुन्छ मईन । अधुरो लाग्छ भाईटिका उनी विना जैले बोलाउँछिन कि तगराबाट लाग्छ मलाई कैले । मनमा सँधै ताजै छ्यौ तिमी जाँहाँ भए पनि याद मात्रै यता छोडी तिमी पर गए पनि...
बालकृष्ण खनाल मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो । धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।
बालकृष्ण खनाल अक्सर दुई आत्मिक मनहरूको विचमा भुगोलको एउटा दुरी हुन्छ बाहिर देखिँदैन भित्रभित्रै रेटिईरहने परिस्थितिको एउटा छुरी हुन्छ । मिलन गराउने चाहना नहुने त काँहाँ होला र खै ? देउतालाई पनि सायद भगवानको समेत आफ्नै किसिमको बाध्यता र मजवुरी हुन्छ ।
बालकृष्ण खनाल तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म । व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।
बालकृष्ण खनाल हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ । तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।
सन्तोष देवकोटा भरतपुर/आर्थिक प्रशासनको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सस्था लेखा समाज चितवनको वनभोज र अधिवेशन रत्ननगरको रमाईलो डाँडामा सम्पन्न भएको...
सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनको २१ औं साधारणसभा तथा ७ औं परिषद् भेला शनिबार भरतपुरमा सम्पन्न...
भरतपुर/उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल...
चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब...
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दिनेश कुमार चुके निर्विरोध निर्वाचित भएका छन् । बुधबार...