• मा.वि. गंगानगरले राष्ट्रिय बालदिबश विभिन्न कार्यक्रम गरी मनायो

    भरतपुर/माध्यमिक बिद्यालय गङगानगरले राष्ट्रिय बाल दिबश २०७९ विभिन्न कार्यक्रम गरी मनाएको छ । बिद्यालयमा आयोजित विभिन्न कार्यक्रमको समापन बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीको प्रमुख आतिथ्यतामा भएको थियो । सो अबसरमा बाल कक्षा पि.जि .देखि १ सम्म तातो आलु प्रतियोगिता, कक्षा २ देखि ८ सम्मका बिधार्थीहरुले म्युजिकल चियर, सट फुटबल पेनाल्टी (बल स्कोर), स्लो साइकल रेस, छोटो दुरिको दौड प्रतियोगिता र कक्षा ९ र १० का बिद्यार्थीहरुले हाम्रो भरतपुर सफा र सुन्दर उत्कृष्ट पर्यटकिय गन्तब्य बिषयमा बक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको सभापतित्व मा.बि.गङगानगर बाल क्लब संयोजक पुजा कडरियाले गर्नुभएको थियो भने संचालन कक्षा १२ का बिश्व अधिकारीले...

  • भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच भेटघाट

    आशिष अधिकारी भरतपुर/भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच शनिबार भेटघाट भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन र बेलायतको रस्मोर ब्रो काउन्सिलका डेपुटी लिडर मौरिस सियान बिच भेटघाट भएको हो । भेट्का क्रममा नेपाल र बेलायत बिच लामो र ऐतिहासिक सम्बन्धको बारेमा कुराकानी भएको छ । भेटमा भरतपुर महानगर प्रमुख दाहालले सन १८१६ बाट नेपाली र बेलायत बिच सौहार्द पुर्ण र मैत्रीपूर्ण औपचारिक सम्बन्ध स्थापित भएको बारेमा जानकारी गराउनु भएको छ । त्यस्तै सन १९२३ मा नेपाली र बेलायत बिच मैत्री सन्धिले दुई देश बिचको सम्बन्धलाई थप औपचारिकता दिएको पनि प्रमुखले अवगत...

  • बालकुमारी मा.वि.मा अक्षयकोष स्थापना

    भरतपुर/नारायणगढ स्थित बालकुमारी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । एस.एल.सी व्याच २०४७ का पूर्वविद्यार्थी स्वर्गीय स्वीकृत सूवेदीको स्मृतिमा बाबु–आमा नभएका गरिव तथा जेहेन्दार विद्यार्थी कक्षा १–१२ कक्षासम्मको अध्ययनको लागि दुईजनालाई छात्रवृत्ति प्रदान गर्न बुवा बालकृष्ण सुवेदी, बहिनिहरू लिलि सुवेदी र लक्ष्मी सुवेदी साथै बालमाविद् अलम्नाइ एसोसियसनका उपाध्यक्ष तथा ज्वाई भरत कुमार आचार्य र डा.मोहनचन्द्र रेग्मीबाट स्व.स्वीकृत सुवेदीको भाद्र १० गते परेको जन्मदिनको सम्झनामा एकलाख दुई हजार तीनसय पच्चीस रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको शैक्षिक उन्न्नयनमा सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गर्नु भएकोमा सो अक्षयकोषले भावी दिनहरुमा विगतका दिनहरुको झल्को दिने विश्वास गरिएको दाताहरुको तर्फबाट ई. भरत...

  • चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता

    सन्तोष देवकोटा भरतपुर/भरतपुर १० अस्पताल रोड स्थित चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता भएको छ । अस्पतालका अध्यक्ष भरतराज रेग्मी र बैंककी नारायणगढ शाखा प्रमुख दिल कुमारी सापकोटाले संझौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । संझौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले चितवन एभरेष्ट अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सेवा र औषधिमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । विभिन्न प्रकारका उपचार सेवा र औषधिमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष रेग्मीले सुविधा लिनको लागि विरामीले ज्योति विकास वैकमा खाता रहेको प्रमाण पेश गर्नुपर्ने वताउनु भयो । अस्पतालमा अर्थो, हाडजोर्नी तथा नसारोगको उपचार, जनरल फिजिसियन,...

  • समस्यापूर्ति काव्य गोष्ठी हुँदै

    भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा १५७ ओं मोती जयन्तिको अवसरमा खुल्ला प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठी हुने भएको छ । आगामी  भाद्र ११ गते शनिबार भरतपुर महानगरपालिकाको सभाकक्षमा हुने प्रतियोगितात्मक गोष्ठीका लागि “अहङ्कारको आयु लामो हुदैन” भन्ने   शीर्षक चयन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा बढीमा  १२० शब्दसम्म मात्र शब्द सीमा तोकिएको छ । प्रतिष्ठानले एक सूचना सार्वजनिक गर्दै आगामी भाद्र ०६ गतेसम्म प्रतिष्ठानको सचिवालय वा  इमेल ठेगाना  pragyapratisthanbhr078@gmail.com मा आइपुग्नेगरी रचना आव्हान गरेकोे छ । प्रतियोगिताका विजयीहरूलाई आकर्षक नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

  • मार्गदर्शन साकोसद्धारा हिंसा पीडित महिला तथा बालबालिकालाई सहयोग हस्तान्तरण

    सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थीत मार्गदर्शन साकोसले आफ्नो ११ औ स्थापना दिवसको अवसरमा दोश्रो दिन आदर्श गृह नेपालमा आश्रित हिंसा पीडित महिला तथा बालबालिका व्यवस्थापन लागि नगद तथा स्टेशनरी सामग्री सहयोग हस्तान्तरण गरेको छ । सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आदर्श गृह नेपालका सस्थापक मिना खरेलले अहिलेसम्म महिला हिंसा र बालबालिकाको व्यस्थापनको लागि आदर्श गृह नेपालले गरेको कार्यहरुको जानकारी गराउदै मार्गदर्शन साकोसले आफ्नो स्थापना दिवसको अवसरमा गरेको सहयोग हस्तान्तरणको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । सहकारीका उपाध्यक्ष डोलबहादुर गुरङले कार्यक्रम आयोजना माथी प्रकाश पार्दै सस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत बर्षदेखीनै...

  • आधारभूत विद्यालय मंगलपुरद्धारा शिक्षकहरुलाई बिदाई तथा सम्मान

    सन्तोष देवकोटा भरतपुर/राष्ट्रिय आधारभूत विद्यालय भरतपुर १५ मंगलपुरले शुक्रबार विद्यालयका शिक्षकहरुलाई बिदाई तथा सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेशामा समर्पित रहि विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा महत्वपुर्ण योगदान गरि निबृत÷पदस्थापना हुनुहुने पुर्ब प्रधानाध्यापक हरिमाया प्रधान लगायत सात जना शिक्षकहरुलाई बिदाई तथा सम्मान गरिएको हो । शिक्षकहरुको योगदानको उच्च सम्मान गर्दै एक कार्यक्रमका बिच बिदाइ तथा सम्मान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण नेपालले जानकारी दिनुभयो । भरतपुर १५ का वडाध्यक्ष श्रीकृष्ण देबकोटा प्रमुख अतिथी रहनु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्जान कुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • रोटरी क्लव अफ चितवनद्धारा बालकुमारी माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदान

    भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा छात्रवृत्ति वितरण गरेको छ । क्लबले कक्षा ९ बाट सर्वोत्कृष्ट नतिजा सहित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल नविना परियार, रिना भूजेल र सलुजा लामालाई प्रति विद्यार्थी ६ हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो । शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशनको अवसरमा आयोजित कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानको सभापतित्वमा र वार्ड नं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठको प्रमूख आतिथ्यतामा सम्पन्न थियो । विद्यालयमा स्थापना गरिएका छात्रवृत्ति कोष र पदकका संस्थापकहरु र अभिभावकहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक...

  • लिटिल च्याम्प कम्पीटिसन सम्पन्न

    भरतपुर/ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउस भतरपुर १० को आयोजनामा चितवन लिटिल च्याम्प कम्पिटिसन २०७९ सम्पन्न भएको छ । ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसकी प्रवन्ध निर्देशक रिता लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा व्यवसायी रुविन रामुदामु प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रामुदामुले यस्ता खालका प्रतियोगिताले वालवालिकाको क्षमता विकासमा सहयोग पुग्ने वताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा जोड दिन आग्रह गर्नु भयो । ३० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रेमवस्ती माध्यमिक विद्यालयका आरव धामी विजयी (वीनर) हुनु भएको छ । यसैगरी स्मल हेभनमा श्रेया अग्रवाल फस्ट रनरअफ, अर्किड स्कुलका आरोही यादव सेकेण्ड रनरअफ र अर्किड स्कुलकै...

  • अन्तर रोटरी मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न

    सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ गैंडाकोटको आयोजनामा शनिबार क्षेत्रपुरमा अन्तर रोटरी क्लव फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रोटरी क्लव अफ रत्ननगर प्रथम, रोटरी क्लव अफ पुर्वी चितवन द्धित्तीय, रोटरी क्लव अफ भरतपुर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धित्तीय र तृतीय हुने टिमलाई कप, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको आयोजक सस्था रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । अन्तर रोटरी क्लव फुटसल एवं नववर्ष २०७९ को अवसरमा आयोजित फेलोसिप कार्यक्रम प्रमुख अतिथी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पियाले उद्घाटन गर्नु भएको थियो । रोटरी क्लव अफ गैडाकोटका...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल