• चितवन रोटरीद्धारा सिलाई मेसिन हस्तान्तरण


    भरतपुर/रोटरी क्लव अफ चितवनले मंगलबार एक कार्यक्रमका विच नारायणगढ स्थित चमेलीदेवी पिया आधारभूत विद्यालयकी छात्रालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । विद्यालयमा अध्यानको क्रममा आर्थिक अभावले विद्यालय छाडेपछि उक्त विद्यार्थीलाई विद्यालय फर्काउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष चन्द्रमान श्रेष्ठले चितवन रोटरी मार्फत छात्रालाई सिलाई मेसिन हस्तान्तरण गर्नु भएको हो । सोहि विद्यालयवाट कक्षा ८ पास गरेपछि आर्थिक अभाव देखाउँदै विद्यालय छाडेकी छात्रा फरिदा खातुनलाई आय आर्जनमा सहयोग पु¥याएर विद्यालयमा फर्काउने वातावरण वनाउन सिलाई मेसिन हस्तान्तरण गरिएको हो ।


    रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी त्रिपुरेश्वर रोटरी क्लवका पुर्व अध्यक्ष भरतकुमार श्रेष्ठले सिलाई मेसिन हस्तान्तरण गर्नु भएको हो । सिलाई मेसिन पाएपछि हाल कक्षा ९ मा अध्यायनरत खातुनले खुसि व्यक्त गर्दै आगामी दिनमा सिलाई मेसिनले आर्थिक उपार्जनमा सहयोग पुग्ने र पठाईलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा वोल्दै खातुनले सहयोग प्रति आभार व्यक्त गर्दै गरिबीको कारण पढ्नवाट वन्चित हुन नदिन आग्रह गर्नु भयो ।
    कार्यक्रममा वोल्दै सहयोग दाता चन्द्रमान श्रेष्ठले सिलाई मेसिन लिएर खातुनलाई अध्यायनमा निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा भरतपुर ३ की वडा सदस्य इन्दु पण्डित, रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष कपिलवाबु खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष तोयानाथ चालिसे, विद्यालयका प्रधानाध्यापक निर्मला श्रेष्ठलगायतले वोल्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष शरदगोपाल न्याच्छौं, निर्वाचित अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, प्रथम उपाध्यक्ष दिपक प्रधान, रोटरी क्लव अफ नारायणगढका पुर्व अध्यक्ष नारायण प्रधानलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt