• सुदुरपश्चिमका पर्यटन व्यवसायीलाई चितवनमा स्वागत

    भरतपुर/पर्यटन प्रवद्र्धनको लागि आन्तरिक भ्रमणमा निस्किएको सुदुर पश्चिमका पर्यटन व्यवसायीलाई बुधबार चितवनमा एक कार्यक्रमका वीच नारायणगढ स्थित होटल गंगोत्रीमा स्वागत गरिएको छ । देभ भुमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ भन्ने मुल नारा सहित अन्तर प्रादेशिक समन्वायत्मक भ्रमण कार्यक्रम अन्तरगत चितवन आइएपुगेको सुदुर पश्चिमका पर्यटन व्यवसायीहरुको टोलीलाई होटल व्यवसायी महासंघको आयोजनामा स्वागत गरिएको हो । महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेसहित पदाधिकारी एवं केन्द्रियसदस्यहरु, चितवन स्थित होटल तथा पर्यटन व्यवसायीहरुले टोलीमा सहभागिहरुलाई पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो ।
    स्वागत एवं छलफल कार्यक्रममा वोल्दै नाटा सुदुर पश्चिमका अध्यक्ष माया प्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको देशव्यापी प्रचारप्रसार गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो । पर्यटकीय गन्तव्यहरूको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरूको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरूको विकास गरी पर्यटन उद्योगलाई प्रादेशिक अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न उक्त भ्रमणले सहयोग पु¥याउने भट्टको भनाई थियो ।
    कार्यक्रममा वोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले पर्यटन प्रवद्र्धनको लागि आपसि सहकार्य जरुरी रहेको वताउनु भयो । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपुर्ण भूमिका रहेको वताउँदै उहाले दिगो पर्यटन विकासका लागि सबै तहका सरकार, निजी क्षेत्र र विभिन्न सरोकारवाला संघ संस्थाहरू मिलेर अगाडी वढ्नुको विकल्प नभएको दावी गर्नु भयो । सुदुरपश्चिम प्रदेशका पर्यटन व्यवसायीहरुको भ्रमणले चितवनका पर्यटन ब्यवसायीहरूलाई पनि यस्ता खालका कार्यक्रम गर्न प्रेरणा मिलेको वताउँदै चुकेले चितवन जिल्लाको पर्यटकीय गन्तव्य र गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।


    होटल व्यवसायी महासंघकी महिला उपाध्यक्ष मिना देवी गौतम, केन्द्रीय सदस्य लक्ष्मी कार्की, महासंघका सल्लाहकार दुर्गा प्रसाद गौतमलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकाललगायतले वोल्नु भएको थियो । उक्त कार्यक्रममा पर्यटन प्रवद्घर्नको लागि सुदुरपश्चिम र चितवन बिच पारस्परिक समन्वय गरेर प्याकेज बनाइ दुबै क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवद्र्धनको लागि समूह बनाइ पठाउन लागत र कार्यक्रम तयार गरि यात्रा शुभारम्भ गर्ने कुरामा सहमती गरि एकआपसमा मिलेर अघि बढने निर्णयसमेत भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt