• इच्छाकामनाका होटलको स्तरिकरण र लोगो वितरण


    सन्तोष देवकोटा
    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इच्छाकामनाका होटलहरुको स्तरिकरण गरि लोगो वितरण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र होटल व्यवसायी संघ चितवन अन्तरगत मुग्लिन इकाईको सहयोगमा इच्छाकामनाका हाईवे क्षेत्रका होटलहरुको स्तरिकरण गरिएको हो ।
    विभिन्न मापदण्डको आधारमा वार्षिक कार्यक्रम अन्तरगत विभागले होटलहरुको स्तरीकरण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिमप्रसाद पुलामीको अध्यक्षतामा सम्पन्न होटल स्तरिकरण तथा लोगो वितरण कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ प्रमुख अतिथी रहनु भएको थियो ।
    होटलको स्तरिकरण पछि सरसफाई, हाइजेनिक खाद्यवस्तु र व्यवस्थापनको पक्षमा सुधार आउनु जरुरी रहेको वताउँदै कार्यक्रमकी प्रमुख अतिथी गुरुङले होटल व्यवसायीलाई गुणस्तरीय खाद्यवस्तु उत्पादन र वितरणमा ध्यान दिनुपर्ने वताउनु भयो ।


    कुल सय पुर्णाङ्कमा ५० देखि ६४ प्रतिशत अंक ल्याउनेलाई समान्य, ६५ देखि ७९ प्रतिशत अंक ल्याउनेलाई सन्तोषजनक (एक तारा), ८० देखि ८९ प्रतिशत अंक ल्याउनेलाई उत्तम (दुई तारा), ९० भन्दा धेरै प्रतिशत अंक ल्याउने होटललाई अतिउत्तम (तीन तारा) गरि चार तहमा वर्गिकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयो ।
    इच्छाकामना क्षेत्रका होटलहरुको स्तरिकरणको क्रममा शिद्धार्थ रिभरसाईड रिर्सोट, रिभरसाइड स्प्रिङ रिर्सोट प्राली र दालभात पावर इच्छाकामनाले तीन तारा पाउन सफल भएका छन् । इच्छाकामनाका ६० वटा होटल स्तरिकरण गर्दा ४८ वटा होटलहरुले लोगो पाउन सपल भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लले जानकारी दिनुभयो । इच्छाकामनाका ३ वटा होटलले ३ स्टार, ९ वटा होटलले १ स्टार र ३६ वटा होटलले सामान्य स्तर प्राप्त गरेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt