• मितेरी फाउण्डेशनद्धारा राहत वितरण


    भरतपुर/मितेरी फाउन्डेसन नेपालको आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बान्द्राङ, सागम, बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो । प्रति घर ३० के. जि. चामल, २ के.जि दाल, ३ के.जि नुन १ लिटर तेल, आधा किलो मस्यौरा बितरण गरिएको छ ।
    मितेरी फाउन्डेसन नेपालका सल्लाहकार राजेश्वर खनालले जेष्ठ नागरिक केशरसिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको हो । सस्थाका सदस्य बालकृष्ण थपलियाले बिकट पहाडी भेगमा खाद्यान्न अभाबको जानकारी पाएपछि राहत कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
    परोपकारमुलक काम गर्ने उदेश्यले स्थापना गरिएको यस सस्थाले आफ्नो उदेश्य अनुसार अहिलेको असहज परिस्थितिमा सहयोग गर्न पाउँदा खुशी लागेको उपाध्यक्ष अनिता खनालको भनाइ थियो । फाउन्डेसनका अध्यक्ष रबिन्द्र सिंह बानियाँको पहलमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt