• राष्ट्रिय युवा संघ भरतपुर ४ को भेला सम्पन्न


    भरतपुर/नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल भरतपुर ४ वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता तथा युवा भेला सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारी प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल भरतपुर ४ वडा कमिटीका अध्यक्ष विवेक कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले एमालेको नेतृत्वमा मात्र मुलुकले सम्वृद्धि हासिल गर्न सक्ने वताउनु भयो । वर्तमान सरकारसंग आम जनताको खासै अपेक्षा नरहेको वताउँदै उहाले मुलुकमा चुनावको विकल्प नभएको वताउनु भयो । आगामी चुनावको तयारीमा केन्द्रित हुन आग्रह गर्दै उहाले आगामी चुनावमा एमाले सवैभन्दा ठुलो पार्टी वन्नवाट कसैले पनि छेक्न नसक्ने दावी गर्नु भयो ।
    कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले एमाले विना मुलुकले निकास पाउन नसक्ने वताउँदै आम कम्युनिष्टहरुलाई एमालेमा गोलवन्द हुन आग्रह गर्नु भयो । कार्यक्रमा नेकपा एमाले वाग्मती प्रदेस सदस्य एवं जिल्ला अध्यक्ष पार्वती रावल, प्रदेश सदस्य बाबुराम खरेल, भरतपुर महानगर कमिटिका अध्यक्ष राम प्रसाद न्यौपाने, भरतपुर ४ का इन्चार्ज हरिप्रसाद आचार्य, अध्यक्ष वसन्त न्यौपानेलगायतले वोल्नु भएको थियो ।
    राष्ट्रिय युवा संघ नेपाल भरतपुर ४ को वडा भेलाले मनिस कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा आशिष कँडेल, नारायण महत, सुवास गिरी, सुदिप पोखरेल, रविन सिकारी, सचिवमा विमल गैरे, सहसचिवमा अनिलराज भण्डारी, विनायक खरेल, सुदिक्षा सुवेदी, सन्दिप खरेल, कोषाध्यक्षमा सिर्जना गिरी चयन हुनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt