• चार दिने निशुल्क मोतियाविन्दुको अप्रेसन शिविर


    भरतपुर/यही मिति मंसिर १२, १३,१४ र १५ गते तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्याक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्र लगायत विभिन्न संस्थाहरुको सहयोगमा कावासोती १६, डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा चार दिने निःशुल्क मोतियाविन्दुको अप्रेशन शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँकी लिना बज्राचार्यको नेतृत्वमा डा. अनिमा देसार, डा. क्षितिज जङ्ग सो लगायत १५ जनाको समूह तथा शिविर कमाण्डर महेश पराजुलिको संयोजकत्वमा भएको उक्त शिविरमा १८० जना भन्दा बढीको निःशुल्क मोतियाविन्दुको अप्रेशन भएको छ ।
    उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्व गभरनर रोटरीयन रवीन्द्र पियाको प्रमुख आथित्यतामा शुरु भएको कार्यक्रम रोटरी क्लव अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाको अध्यक्षतामा सुरु भएको थियो । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका र बौंदीकाली गाउँपालिकाबाट बिरामीहरु सेवालिन आउनु भएको थियो । करिब ३०० जना भन्दा बढीको आँखा जाँच गरिएकोमा १८० जना भन्दा बढीमा मोतियाविन्दुको समस्या देखिएको थियो ।
    यस कार्यक्रमलाई सहजीकरण गर्न रोटरी क्लब अफ कावासोतीका सदस्य, मध्यबिन्दु आँखा उपचार केन्द्रका सञ्चालक तथा नेत्र अधिकृत प्रदीप भट्टराईले पूर्णरुपमा सहयोग गर्नुभएको थियो भने संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले तिलगंगा आँखा प्रतिष्ठानसँग विगत लामो समयदेखि कार्यक्रम गर्नको लागि छलफल गर्नु भएको र आउँदा बर्षहरुमा पनि कार्यक्रमको निरन्तरताका लागि प्रस्ताव गर्नुभएको थियो । शिविरमा आउनु भएका सम्पूर्णमा बिरामीहरूको निःशुल्क रुपमा सुगरको जाँच, ब्लडप्रेसरको जाँच र कोभिड १९ को जाँच गरी निःशुल्क रुपमा औषधि पनि प्रदान गरिएको रोट्याक्ट क्लब अफ कावासोतीका सस्थापक अध्यक्ष परमानन्द गौतमले बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt