• एकता पछि त्रिदेव यातायात प्राली घोषणा


    सन्तोष देवकोटा
    भरतपुर/जिल्लामा क्रियाशिल तीन वटा यातायात प्रालीहरुका विचमा एकता भएको छ । तीन पाँग्रे अटो व्यवसायीहरुको सस्था एकता यातायात प्राली, मुक्तीनगर यातायात प्राली र स्पन्दन यातायात प्रालीको विचमा बुधबार एक कार्यक्रमको विच एकता घोषणा गरिएको हो । तीन वटा सस्थाको एकता पछि त्रिदेव यातायात प्राली नामाकरण भएको छ । त्रिदेव यातायात प्रालीका अध्यक्ष विरेन्द्र लामिछानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मिलन बाबु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी विशेष अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा तीन पाँग्रे सवारी साधनका रुट र लाईसेन्स प्राप्तिका सास्याको वारेमा छलफल गरिएको थियो । साविक मुक्तिनगर यातायात प्रालीका अध्यक्ष लक्ष्मण भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा साविक स्पन्दन यातायात प्रालीका अध्यक्ष रमेश काफ्लेले मन्तव्य व्यक्त गर्नु भएको थियो । त्रिदेव यातायात प्रालीका संचालक दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तपर्फवाट ट्राफिक सचेतना कक्षा समेत संचालन गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt