• रिजालचोकमा नेचुरल फर्निचरको शोरुम उद्घाटन


    भरतपुर/भरतपुर स्थित रिजालचोकमा नेचुरल फर्निचर प्रालीको सोरुम उद्घाटन गरिएको छ । विभिन्न किसिमका फर्निचर तथा फर्निसिङ सामानहरुको विक्री गर्ने उदेश्यले रिजालचोकमा फर्निचर शोरुम सञ्चालनमा आएको हो । बुधबार एक कार्यक्रमका विच उद्योग वाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्य तथा मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकार र नायक आर्यन सिग्देलले उक्त फर्निचर शोरुमको उद्घाटन गर्नु भएको हो ।
    भरतपुरमा विशेषगरी अफिसियल सामग्रीका फर्निचर विक्री वितरण गर्ने केन्द्रको अभाव र स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै उक्त फर्निचर सञ्चालनमा ल्याएको नेचुरल फर्निचर प्राइभेट लिमिटेडका अध्यक्ष श्याम पौडेलले बताउनु भयो । अहिले फर्निचर र फर्निसिङको विक्री वितरणबाट व्यवसाय सुरु गरिएपनि केही समयपछि आफ्नै उत्पादन सुरु गर्ने बताउँदै पौडेलले चितवनमा सर्वशुलभ ढङ्गबाट स्तरीय फर्निचर सामग्रीको लागि एक पटक संझन आग्रह गर्नु भयो ।
    फर्निचर तथा फर्निसिङ शोरुमको उद्घाटनका अवसरमा ग्राहकले उक्त शोरुमबाट सामान किन्दा एक हप्तासम्म २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो । फर्निचरको उद्घाटन कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले आफ्नै उत्पादनमा जोड दिन आग्रह गर्दै राज्यले उद्योगीलाई हेर्ने नजर परिवर्तन हुनुपर्ने वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt