• भरतपुर १३ मा माओवादी निकट जनवर्गिय संगठनको भेला


    भरतपुर/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर १३ कमिटिद्वारा शनिबार विभिन्न जन वर्गीय संगठनहरुको भेला सम्पन्न भएको छ । जनवर्गीय संगठनहरु योङ्ग कम्युनिष्ट लिग, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र नेपाल दलित मुक्ति मोर्चाको संयुक्त भेला नेकपा माओवादी केन्द्र भरतपु १३ का अध्यक्ष सुदिप सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा वागमती प्रदेश श्रम तथा रोजगार मन्त्री घनश्याम दाहाल (अविनाश) प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका केद्रिय सदस्य यम ब. परियार (ईन्द्रजित), जिल्ला समन्वय समिति सचिव द्रोण शिवाकोटी, प्रदेश कमिटी सदस्य तथा क्षेत्र न ३ ’ख’ ईन्चार्ज गोपाल न्यौपाने लगायतको सहभागिता रहेको थियो । उक्त भेलाले जयदेव पौडेल इन्चार्ज भएको वाईसिएल कमिटि गठन गरेको छ । समितिको सह–इन्चार्जमा कृष्ण तामाङ्ग, अध्यक्षमा संजीव न्यौपाने, उपाध्यक्षमा मिनराज आचार्य, प्रकाश सापकोटा, सुनिल श्रेष्ठ, सचिवमा शिव अधिकारी, सह–सचिवमा इन्द्र दवाडी, जगन्नाथ आचार्य, शुवास सापकोटा, प्रविण सापकोटा, कोषाध्यक्षमा शिमा पुरी रहनु भएको छ । यसैगरी भेलाले लक्ष्मी अधिकारीको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरेको छ । समितिको उपाध्यक्षमा तारादेवी गैरे, सिलिका ढुंगाना, रन्जु विक, सचिवमा मुना अर्याल, सहसचिवमा सरिता रिमाल, सिता दवाडी, कोषाध्यक्षमा नैनकला ओझा रहनु भएको छ । यसैगरी भेलाले कल्पना सुनारको अध्यक्षतामा नेपाल दलित मुक्ती मोर्चा गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्त बहादुर विक, सचिवमा वविता नेपाली, सहसचिवमा रविना नेपाली, कोषाध्यक्षमा सरस्वती विक रहनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt