• नारायणगढ लेडी जेसीजको जेसीज सप्ताह समापन


    सन्तोष देवकोटा
    भरतपुर/नारायणगढ लेडी जेसीजको जेसीज सप्ताह समापन तथा आँखादान सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ लेडि जेसिजकी अध्यक्ष अनिता श्रेष्ठ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका निबर्तमान राष्ट्रिउ अध्यक्ष अरुनेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले नेपाल जेसिज नेपाली युवाहरुको गौरव गर्न लायक सस्था भएको वताउँदै जेसिजले युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिनुपर्ने वताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मराज अधिकारी, नेपाल जेसीज राष्ट्रिय महासचिव कृष्ण सापकोटा, बिसहजार जेसिज भरतपुरका अध्यक्ष बेदराज न्यौपाने, भरतपुर आँखा अस्प्तालकी भरतपुर इन्चार्ज छाया श्रेष्ठलगायतले वोल्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt