बज्र सेक्युरिटीजका कर्मचारी सरुवामा ट्रेड युनियनको अनावश्यक दवाव


भरतपुर/मेनपावर सप्लायर्स कम्पनी बज्र सेक्युरिटीजका कर्मचारी सरुवामा ट्रेड युनियनले अनावश्यक दवाव दिएको भरतपुर विमानस्थलले जनाएको छ । कम्पनी मार्फत भरतपुर विमानस्थलमा कार्यरत सरसफाइकर्मीहरुको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सरुवा भएको विषयलाई लिएर अखिल नेपाल ट्रेड युनियन महासंघ महानगर समिति चितवनले अनावश्यक दवाव दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण केन्द्रिय कार्यालय संग संझौता गरि देशका विभिन्न विमानस्थलमा सरसफलाई सम्वन्धि काम गर्दै आएको बज्र सेक्युरिटीले भरतपुर विमानस्थलमा खटाएको सरसफाईकर्मीको गौतमबुद्ध विमानस्थलमा सरुवा गर्दा ट्रेड युनियनले सरुवा बदर गर्न भन्दै भरतपुर विमानस्थललाई अनावश्यक दवाव दिएको भरतपुर विमानस्थल प्रमुख परवेज आलम सिद्धीकीले जनाकारी दिनुभयो । बज्र सेक्युरिटीजका कर्मचारीलाई भरतपुर विमानस्थलले केहि (सरुवा वढुवा) गर्न नमिल्ने वताउँदै सिद्धीकीले अनावश्यक दवाव नदिन आग्रह गर्नु भयो । यो भरतपुर विमानस्थलसंग सम्वन्धित विषय होइन प्रमुख सिद्धीकीले भन्नुभयो ।
बज्र सेक्युरिटी कम्पनी मार्फत भरतपुर विमानस्थलमा कार्यरत सरसफाईकर्मी सिता देवकोटा र सरिता लामिछानेलाई रोजगारदाता सस्था बज्र सेक्युरिटीले गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । गौतमवुद्ध विमानस्थल सरुवा भएका सरसफाइकर्मी जान मानेका छैनन् भने गौतमवुद्ध विमानस्थलवाट भरतपुर सरुवा भएका सरसफाईकर्मी
भरतपुर विमानस्थलमा हाजिर भईसकेका छन् । सरुवा भएका कर्मचारीहरु गौतमवुद्ध विमानस्थलमा जान नमानेपछि उत्पन्न अनावश्यक विवादले विमानस्थालको सुरक्षा व्यवस्थामा समेत प्रभाव पारेको भरतपुर विमानस्थल प्रमुख सिद्धिकीले जानकारी दिनुभयो ।
गत असार ७ गते बज्र सेक्युरिटी, ट्रेड युनियन, भरतपुर विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणवाट गठित कार्यदलका प्रतिनिधिको विचमा भएको सहमति अनुसार कार्यदलले सरसफाईकर्मी देवकोटा र लामिछानेको सरुवा बदर गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक समक्ष सिफारिस गरेको सिद्धिकीले जानकारी दिनुभयो । यहि अवस्थामा अखिल नेपाल ट्रेड युनियन महासंघ महानगर समिति चितवनले प्रेस विज्ञप्ति प्रकाशित गर्दै भरतपुर विमानस्थल प्रशासनले सरुवा भएका सरसफाईकर्मीको विषयमा एक हप्ता भित्र सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
ट्रेड युनियन महासंघले माग गर्नुपुर्व नै पुर्व सहमति अनुरुप प्राधिकरणका महानिर्देशकलाई कार्यदलले सरुवा वदर गर्न सिफारिस गरिसकेको र प्रधिकरणवाट त्यसवारे केहि निर्णय नआएको भरतपुर विमानस्थल प्रमुख सिद्धिकीले प्रष्ट पार्नु भयो । सरुवा भएका कर्मचारी अनिवार्य रुपमा विमानस्थल प्रवेश पास कार्यालयमा वुझाउनु पर्ने भए पनि नवुझाएको कारण नियमानुसार सरुवा भएर गएका सरसफाइकर्मीको प्रवेश पास रद्ध गरिएको सिद्धीकीले जानकारी दिनुभयो । बज्र सेक्युरिटीज कम्पनीका सिइओ उद्धव चौलागाईले आफ्ना कर्मचारी स्थानान्तरण गर्ने कम्पनिको आन्तरिक कुरा भएको वताउँनु भयो । कम्पनीले नियमित कर्मचारी फेरवदल गर्ने गरेको वताउँदै उहाँले यसलाई नियमित प्रक्रियाको रुपमा लिन आग्रह गर्नु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार