• मार्गदर्शन साकोसको ११ औं स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर सचेतना कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर महानगरपालिका १६ फुर्तिचोकमा मुख्य कार्यालय रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्नो गरिमामय ११ औ स्थापना दिवसको अवसरमा महिला शेयर सदस्यहरुको लागि पाठेघरको क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त सचेतना कार्यक्रममा चितवन मेडिकल कलेजका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बसन्त शर्माले प्रशिक्षण दिनुभएको थियो । सस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले सस्थाको आर्थिक बर्ष २०७८÷०७९ को वित्तीय विवरण र आगामी कार्यदिशाको बारेमा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
    महिला उप समिति संयोजक पवित्रा पुरीले सहभागि सदस्यहरुलाई स्वागत गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष डोलबहादुर गुरुङले सहभागी सदस्यहरुलाई धन्यबाद दिनुभएको थियो । उक्त कार्यक्रम सस्थाका सचिव गनबहादुर श्रेष्ठले सन्चालन गर्नुभएको थियो । सस्थाको कुल सम्पत्ति ५३ करोड, सदस्य ६१८९ रहेको छ । सस्थाले भरतपुर महानगरपालिका वडा नम्वर १, ६ र १८ गरी ३ ओटा सेवाकेन्द्रमार्फत आफ्नो सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । ६५ औ राष्ट्रीय सहकारी दिवसमा प्रमुख कार्यकारी अधिकृत महानगरको उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत र सस्था महानगरको उत्कृष्ट सहाकारी घोषणा भै सम्मानित भएको थियो ।
    नीति बिधी र प्रविधिमा आधारित डिजिटल सदस्य, डिजिटल साकोस अभियान सन्चालन गरेको सस्थाले सदस्यहरुलाई निशुल्क मोवाईल वैकिङ्ग, एटिएम कार्ड, क्युआर सेवा, ईटेलर, ईपेइमेन्ट सेवा सन्चालन गरेको छ । ११ औं सस्थापना दिवसको अवसरमा २०७९ साउन २६ गते आदर्श गृह नेपालका हिसा पीडित महिला तथा वालबालिकाहरुको व्यवस्थापन सहयोग कार्यक्रम र साउन २८ गते प्रधान कार्यलय फुर्तिचोकमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको सस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt