• कान्तिपुर बहुप्राविधिक शिक्षालयमा दुई महिने निशुल्क व्युटिपार्लर तालिम सुरु


    सन्तोष देवकोटा
    भरतपुर/बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्को कार्यालय हेटौडा मकवानपुरको आर्थिक सहयोगमा भरतपुर ९ हाकिमचोक स्थित कान्तिपुर बहुप्राविधिक शिक्षालयमा दुई महिने (३९० घण्टा) निशुल्क व्युटिपार्लर तालिम सुरु भएको छ । निशुल्क शीपमुलक तालिम अन्तरगत कान्तिपुर बहु प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र व्यवस्थापनमा सुरु भएको तालिमको बिहीवार वागमती प्रदेश सभाका सदस्य एवं पुर्व मन्त्री कृष्ण खनालले औपचारिक समारोहका विच उद्घाटन गर्नु भएको हो ।
    तालिम उद्घटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी खनालले तालिमले रोजगारीको सृजना र जीविकोपार्जनमा सहयोग पु¥याउनु पर्ने वताउनु भयो । पछिल्लो प्रतिस्पर्धात्मक समयमा जो कोहि पनि आयआर्जनसंग जोडिनु आवश्यक रहेको वताउँदै खनालले तालिमका सिकेको कुरा व्यवहारमा कार्यान्वयन नभए तालिमको औचित्य नहुने वताउनु भयो । कार्यक्रममा भरपुर ९ का वडाध्यक्ष यमलाल कँडेलले तालिम लिनु मात्रै ठुलो कुरा नभएको वताउँदै तालिमले व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको वताउनु भयो ।
    जिल्ला युवा समिति चितवनका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आरका डिष्ट्रिक चिफ तथा लायन्स क्लव अफ भरतपुर युथका सस्थापक अध्यक्ष सुरज पाठक, कान्तिपुर बहु प्राविधिक शिक्षालयका कार्यकारी निर्देशक श्यामजी कँडेल, प्रिन्सिपल गोकुल कँडेल, प्रमुख प्रशिक्षक शुष्मा तामाङलगायतले तालिमको महत्व र औचित्यको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt