• होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ बजार इकाईमा भुषाल


    भरतपुर/होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ बजार इकाईको सातौं साधारणसभा तथा चौंथो अधिवेशन बिहीबार नारायणगढ स्थित पर्व व्याङ्क्युटमा सम्पन्न भएको छ । इकाई अध्यक्ष कृष्ण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हड्खोले प्रमुख अतिथी रहनु भएको थियो ।
    अधिवेशनले विष्णु भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा पोमराज भट्टराई, सचिवमा राज केसी, सह–सचिवमा नविन कँडेल, कोषाध्यक्षमा विष्णु गिरी सर्वसम्मत चयन हुनु भएको छ । यस्तै कार्यसमिति सदस्यहरूमा सन्ध्या पौडेल, हरिप्रसाद अधिकारी, विमल अर्याल, कल्पना श्रेष्ठ, गोकुल घिमिरे, प्रकाश खड्का, प्रदीप पौडेल र सुजन पाण्डे चयन हुनु भएको छ भने जिल्ला सदस्यमा अर्जुन लामिछाने चयन हुनु भएको छ ।
    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष जिवलाल सापकोटा, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष, एवं निर्वाचन अधिकृत दिल कुमार श्रेष्ठ, पुर्व अध्यक्ष दिपक ढकाल, कमल शर्मा, संघका पुर्व कोषाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य जनक पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेश समितिका सचिव राजेन्द्र कुमार पिया, सम्पुर्ण इकाईहरुको प्रतिनिधित्व गर्दै होटल व्यवसायी संघ चितवन अन्तरगत माडी इकाईका अध्यक्ष गोपाल श्रेष्ठ, व्यवसायीहरुको तर्फवाट वसन्त अधिकारीलगायतले वोल्नु भएको थियो । होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ बजार इकाईका सचिव अर्जुन लामिछानेले संचालन गर्नु भएको उक्त कार्यक्रममा इकाइ सदस्य विकास गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt