• प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम


    चितवन।बागमती प्रदेश युवा परिषदको आयोजना युवा र नवप्रवर्तन शीर्षकमा प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ्।प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् । त्यस्तै दोलखाकी मेलिशा ढुङ्गेल दास्रो भइन भने, विबिना लामीछाने प्रतियोगितामा तेस्रो हुँदै क्रमशः ५० – हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । परिषदको बार्षिक स्वीकृत युबा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा आयोजित कार्यक्रममा प्रथम हुन सफल प्रतिस्पर्धीहरू बीच सामाजिक बिकास मन्त्रालयको हलमा कार्यक्रम आयोजन गरिएको हो। परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले अध्यक्षता गरेको कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए। कार्यक्रममा मकवानपुर क्यामपसका प्राध्यापक घनश्याम शर्मा , निरा शर्मा र दीपक मिश्र निर्णायकको भुमिकामा रहेका थिए। युवा एक नबिन सोच हो। समाज परिवर्तन र राज्यको स्वरुप रुपान्तरणमा युवाको भुमिका जरुरी रहेको छ। अब युबालाई नबप्रबर्तन संग जोड़ने सके मात्र मुलूकले सम्बृदिको यात्रा तय गर्ने मोक्तानले बताउनु भयो । प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईले अबको युवाले बोल्ने कलामात्र हैन, व्यवहारमा पनि दखाउने युवाको खाँचो रहेको बताए । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवा हो भन्दै क्षमता भएका युवालाई देशमै केही गरेर खाने वातावरण रहेको भन्दै युवा अब टाठो हुनुपर्ने उनले बताए । सहभागीले युवा र नवप्रवर्तनबारे ७ मिनेट समयावधिमा रहेर आआफ्ना भनाई राखेका थिए।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt