• प्रदेश प्रमुख गुरुङद्धारा चितवन चनौली शितभण्डार निरीक्षण


    भरतपुर/गण्डकी प्रदेश प्रमुख एबं संस्थाका शेयर सदस्य पृथ्वीमान गुरुङ्गले चितवनकै गौरवको रुपमा स्थापित पश्चिम चितवनको चनौली स्थित चितवन चनौली शित भण्डार सहकारी सस्था लि.द्धारा संचालित शितभण्डारको निरीक्षण गर्नु भएको छ । प्रदेश प्रमुख गुरुङले शिभण्डारको अवलोकन निरीक्षण गरि संस्थाको वारेमा जानकारी लिनु भएको छ ।
    संस्थाका अध्यक्ष सूर्यमणि पौडेललगायत संचालक, सल्लाहाकार, पूर्व सञ्चालकहरुले गुरुङलाई सहकारीमा स्वागत गर्नु भएको थियो । शितभण्डारको अवलोकन पश्चात् आयोजीत अन्तरक्रिया कार्यक्रममा शितभण्डारले कृषि उत्पादनमा पार्ने प्रभावलाई प्रभावकारी बनाउन प्रविधिमैत्री बनाउने गरी थप पूर्वाधार निमार्ण साथै बहुआयामिक प्रभावका बारेमा छलफल गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt