• नारायणी किनारमा योग शिविर सम्पन्न


    भरतपुर/अन्तराष्ट्रिय योग दिवस २०२३ को अवसरमा शनिबार नारायणगढ स्थित नारायणी नदी किनारमा वृहत् योग शिविर सम्पन्न सभएको छ । भारतीय महावाणिज्य दुतावास बीरगञ्जको आयेजना र भरतपुर महानगरपालिकाको सहयोग तथा उद्योग वाणिज्य संघ चितवनको सहआयोजनामा योग शिविर सम्पन्न भएको हो । योग शिविरको उद्घाटन कार्यक्रममा भारतीय महावाणिज्य दुतावास बीरगञ्जका कार्यबाहक राजदुत तरुण कुमारले योगको वारेमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    उवासंघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीको संयोजनमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाहालले योगले मानव स्वास्थ्यमा ठुलो योगदान गरेको वताउँदै पछिल्लो समय यो अनिवार्य जस्तै बन्न पुगेको वताउनु भयो । योगले शारीरिक तन्दुरुस्तको साथ मानसिक स्वास्थ्यमा समेत फाईदा पुग्ने वताउनु भयो ।
    उवासंघका उपाध्यक्ष राजेन्द्र ओलीले संचालन गर्नु भएको कार्यक्रममा योग गुरु अस्मिता पाण्डे, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी, जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरन्जीवि सुवेदी, कार्यसमितिका सदस्यहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । योग शिविरमा ७ सय जना भन्दा वढि मानिसले योग अभ्यास गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt