• भरतपुरको पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी चुकेको नेतृत्वमा समिति गठन


    भरतपुर/भरतपुरका विभिन्न धार्मिक, सास्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने सवालमा वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सक्रियता देखाउनु भएको छ । मन्त्री जोशीले बिहीबार भरतपुरमा सरोकारवालाहरुको बैठक वोलाएर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई समेत सहयोग गर्ने उद्देश्यले बिस हजार ताल, राइनो ताल, धनगढा मन्दिर, गणेशधाम, तिनखोले गुम्बा, जलदेवी सामुदायिक वन, वागेश्वरी मन्दिर, गौं संरक्षण केन्द्र, प्राकृतिक चिकित्सालय र देवघाटधामलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नको लागि उक्त कार्यक्रममा समिति समेत गठन गरिएको छ । भरतपुर ११ स्थित गणेशधाममा आयोजीत उक्त भेला एवं छलफलले पर्यटन व्यवसायी दिनेश कुमार चुकेको संयोजकत्वमा पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ ।
    सदस्यमा देवघाट बिकास समितिको पुर्ब कार्यकारी निर्देशक भरत दवाडी, भरतपुर ८ बाट ज्ञान कुमार श्रेष्ठ, वडा ९ बाट होटल व्यवसायी संघ चितवनका महासचिव सुरेन्द्र केसी, वडा १२ बाट मदन घिमिरे, वडा १२ बाट पार्बती खड्का, वडा ११ ज्ञानेन्द्र गिरी, रबिन्द्र बराल, वडा २ बाट लक्ष्मी अधिकारी, वडा १ बाट राजेश खयरगोली चयन हुनु भएको छ । यसैगरि समितिको सल्लाहकारमा भरतपुर महानगरपालिका वडा ११, १२, १, २, ८ र ९ का अध्यक्ष चयन हुनु भएको छ । समितिको संरक्षकमा प्रदेश स्वास्थ मन्त्री उत्तम जोशी रहनु भएको छ । विसहजारी ताल देखि विभिन्न पर्यटकीय गन्तव्य हुँदै देवघाटधाम सम्म प्राकृतिक पर्यटकीय तथा धार्मिक सम्पदा अवलोकन पदमार्ग निर्माण गरिने सो अवसरमा जानकारी गराईएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt