• ग्राफिकको सुनको सिक्का स्पन्दन यतायात सेवा प्रा.लि. लाई


    चितवन/भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम बिजेता पुरस्कार स्पन्दन यातायात सेवा प्रा.लि. ले प्राप्त गरेको छ । प्रालिका सञ्चालक गोविन्द तिवारीले उक्त पुरस्कार प्राप्त गर्नुभएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमका विच ग्राफिक मार्गको अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारणद्वारा प्रथम, द्वितीय र तृतीय गरी ३ वटा कम्पनीहरुलाई सुनको सिक्का अफरको बिजेता घोषणा गरिएको हो । क्रमसः स्पन्दन यातायात सेवा प्रा.लि. प्रथम, माँ पार्वती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. द्वितीय र ग्लोबल मल्टी ट्रेडिङ प्रा.लि. तृतीय भएको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो ।
    छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ग्राफिक मार्ग प्रा. लि.ले गत मिति २०७९ भाद्र १ गते देखि २०७९ फागुन ३१ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्री सुनको सिक्का अफर सञ्चालन गरिएकोमा यो अबधि भित्र दर्ता भएका सम्पूर्ण नयाँ कम्पनीहरुमध्येबाट लक्की ड्र गरि प्रथम उपहार सुनको सिक्का, दोस्रो उपहार चाँदीको सिक्का र तेस्रो उपहार आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको खड्काले जानकारी दिनुभयो ।
    सुनको सिक्का अफर अवधिमा १५० वटा नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य सहित सञ्चालन गरिएको यो अबधिभर १६२ वटा कम्पनीहरु दर्ता भएको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले बताउनुभयो । कम्पनीको सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अन्तर्गत रहेर सोमबारै विहान भरतपुर–११, नौरङ्गे, चितवनमा अबस्थित साहाराको घर बालगृहमा रहेका पीडित असाहय तथा अनाथ बालबालिकाहरुलाई आवश्यक जिन्सी सामानहरु सहयोग समेत गरिएको पोख्रेलले जानकारी गराउनुभयो ।
    कम्पनीदर्ता देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्नको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वर काठमाडौंबाट अनुमती प्राप्त आधिकारीक सेवा केन्द्र समेत रहेको ग्राफिक मार्ग प्रा. लि.ले काठमाण्डौ जानै नपर्ने गरी कम्पनी दर्ता सहजीकरण, कम्पनीहरु नविकरण तथा अध्यावधिक, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी तथा ठाउँसारी लगायतका कामहरु गर्दै आएको छ । कम्पनीले कर, भ्याट, र लेखा सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथैे ग्राफिक डिजाईन र साधा तथा रङ्गिन छपाई सम्बन्धि सेवा समेत उपलब्ध गराउदै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt