• महानगर साहित्य दर्पण सार्वजनिक तथा कवि रानाको एकल कविता बाचन


    भरतपुर/भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधबार महानगर साहित्य दर्पण–२ सावर्जनिक तथा युवा कवि नरेन्द्र कुमार रानाको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रमको सह आयोजक साहित्य संगम चितवन रहेको थियो । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा युवा कवि एवम् भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले एक दर्जन कविता बाचन गर्नुभएको थियो ।
    सोहि कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मीले संयुक्त रुपमा महानगर सहित्य दर्पण २ पनि सार्वजनिक गर्नुभएको थियो । भाषा, संस्कृति र कलाको संरक्षण गर्न भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले साहित्य दर्पण प्रकाशन गर्ने गरेको छ । यो दर्पण दोस्रो अंक हो । पुस्तकमा ईतिहास, लेख, रचनाहरु समावेश गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt