• दक्षिणकाली पर्यटन सहकारीले धान दिवस मनायो


    सन्तोष देवकोटा
    भरतपुर/जिल्लाकै एक मात्र पर्यटन सहकारीको रुपमा स्थापित दक्षिणकली पर्यटन सहकारी संस्था लि.ले भरतपुर ६ ले देवनगरमा धान रोपेर २० औं राष्ट्रिय धान दिवस मनाएको छ । सहकारीले शुक्रबार स्थानीय प्रकाश श्रेष्ठको खेतमा विविध कार्यक्रम सहित धान दिवस मनाएको हो । सहकारीका अध्यक्ष अशोक न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरण्डाभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटा प्रमुख अतिथी रहनु भएको थियो ।
    सहकारिका सल्लाहकार संयोजक ध्रुवराज मिश्र, दक्षिणकाली मध्यवर्ती सामुदाियक वन उपभोक्ता समितिका अध्यक्ष बाबुराम न्यौपाने, देवनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रत्नमणि न्यौपाने, सहकारीका शेयर सदस्य नेपाली सेनाका पुर्व कर्णेल कृष्णहरि ढकाल, निर्माण व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष सुर्य प्रसाद तिमल्सेना, राप्ति सरसफाइ अभियानका संयोजक अपिल घिमिरे, राष्ट्रपति चुरे आयोजनाका पुर्व प्रमुख रामहरि पन्त लगायतले पर्यटन र धान दिवशको महत्व, ओैचित्य र आवश्यकताका वारेमा प्रकाश पार्नु भएको थियो ।
    कार्यक्रमा बोल्दै प्रमुख अतिथी सापकोटाले यस क्षेत्रको विकासका लागि होमस्टे सेवा, जंगल सफारी सेवा सञ्चालन गर्न पर्ने र यसका लागि बरण्डाभारले सक्दो सहयोग गर्ने वताउनु भयो । सहकारी स्थापनाको ओैचित्य, आवश्यकता र पर्यटनमा देवनगरको भुमिकाको बारेमा संस्थाका सल्लाहकार संयोजक मिश्रले जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्वागत संस्थाका सचिव गजेन्द्र पोख्रेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन जनार्दन पौडेलले गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt