• रोट्याक्ट क्लव अफ चितवनको अध्यक्षमा प्रभा गुरुङ


    सन्तोष देवकोटा
    भरतपुर/रोट्याक्ट क्लब अफ चितवनको प्रथम साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजना गरिएको उक्त साधारण सभाबाट वर्ष २०२३÷२४ को लागि प्रभा गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । क्लब स्थापनाको ३० औँ वर्षका अध्यक्ष प्रभा गुरुङले वर्ष २०२३–२४ को लागि वार्षिक कार्ययोजना, बजेट तथा विभिन्न समितीहरुको निर्माण गरि साधारण सभामा पेश गर्नु भएको र सर्वसम्मत रुपमा पास गरिएको छ । रोटर्याक्ट क्लबले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरु गर्दै आइरहेको हुँदा यस वर्ष पनि स्वास्थ, शिक्षा, समुदायको आर्थिक वृद्धि, रोग रोकथाम र उपचार, व्यावसायिक विकास लगायतका अन्य क्षेत्रहरूमा कार्यक्रम गर्ने लक्ष लिइएको अध्यक्ष प्रभा गुरुङले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt