• लायन्स क्लव अफ चितवन गोल्डेनको पद हस्तान्तरण


    भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ चितवन गोल्डेनको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर स्थित धावन पार्टी प्यालेसमा भएको कार्यक्रममा लायन्स क्लव अफ चितवन गोल्डेनका वर्ष २०२२÷२३ का अध्यक्ष विनोद हमालले वर्ष २०२३÷२४ का लागि नवनिर्वाचित अध्यक्ष रमेश पौडेललाई पद हस्तान्तरण गर्नु भएको हो ।
    क्लवको नवनिर्वाचित प्रथम उपाध्यक्षमा सुवाष सुवेदी, सचिवमा विष्णु ढकाल, कोषाध्यक्षमा कृष्ण भण्डारी चयन हुनु भएको छ । उक्त नवौं पदहस्तान्तरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजु पौडेल प्रमुख अतिथी रहनु भएको थियो भने पुर्व अध्यक्ष जितेन्द्र कुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt