• चितवन मा.वि.को शैक्षिक गुणस्तरमा सुधार, एसईई परीक्षामा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण


    भरतपुर/चितवनकै पुरानो शैक्षिक संस्थाको रुपमा स्थापित चितवन माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । पछिल्लो समय विद्यालयको शैक्षिक स्तरमा सुधार आई उत्तीर्ण हुने विद्यार्थी प्रतिशत पनि बृद्धि भएको छ । चितवन माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा हालका अध्यक्ष समाजसेवी तथा शिक्षाप्रेमी प्रकाश अधिकारी चयन भए पनि विद्यालयको शैक्षिक गुणस्तरमा क्रमशः सुधार आएको पाईएको छ । नयाँ ब्यवस्थापन समिति आएसंगै विद्यालय पनि नयाँ तरिकाले संचालन भएको शिक्षक एवं विद्यार्थीहरुले वताएका छन् ।
    पछिल्लो समय विद्यालयमा शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई सक्रिय तथा अनुशाशित बनाउनुको साथै विद्यालयको आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन डिजिटल प्रविधिको प्रयोग गरिएको विद्यालयका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा सुधार हुँदै आएको वताउँदै विद्यालयका अध्यक्ष अधिकारीले गतबर्ष भन्दा यस वर्ष (२०७९)को एसईई परीक्षाको नतिजामा सुधार आएको वताउनु भयो ।
    विद्यालयका प्रधानाध्यापक चिरन्जीवी शर्माले यस पटकको यसईई परीक्षामा अंग्रेजी माध्यमवाट पढेका ४१ र नेपाली माध्यमवाट पढेका ४५ गरि ८६ जना विद्यार्थी सहभागि भएको जानकारी दिँदै ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो । परीक्षामा सामेल भएका ८६ जना मध्ये ८० जनाले कक्षा ११ पढ्न पाउने र ६ जनाले कक्षा ११ पढ्नको लागि ग्रेडबृद्धि परीक्षा दिनुपर्ने प्रधानाध्यापक शर्माले वताउनु भयो ।
    एसईई परीक्षामा सहभागि भएका विद्यार्थीहरु मध्ये १ जनाले ३.६ देखि ४ जीपीए, ५ जनाले ३.२ देखि ३.६ जीपीए, ११ जनाले २.८ देखि ३.२ जीपीए, २२ जनाले २.४ देखि २.८ जीपीए, २८ जनाले २.० देखि २.४ जीपीए, १३ जनाले १.६ देखि २.० जीपीए र ६ जनाले १.२ देखि १.६ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । शिक्षक कर्मचारी तथा अभिभावकको मेहनत र विद्यार्थीको लगनशिलताले विद्यालयको नतिजा बृद्धि हुन पुगेको प्रधानाध्यापक शर्माले वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt