• शमिपुर माविको पढाईले उत्कृष्ठ नतीजा


    भरतपुर/कालिका नगरपालिका स्थित शमिपुर माध्यमिक विद्यालयमा अध्यायन गरेका विद्यार्थीहरुले राष्ट्रिय परीक्षा वोर्डले लिएको २०७९ को एसईई परीक्षामा उत्कृष्ठ नतिजा प्राप्त गरेका छन् । परिक्षा फर्म कालिका–७ मा रहेको पृथ्वि माबिवाट भरे पनि २१ जना विद्यार्थीले शमिपुर माविमा पढेर एसईई परीक्षमा सहभागि भएका थिए । शमिपुर माविमा अध्यायन गरि भरेको हो ।
    शमिपुर माविमा अध्यायन गरि एसईईमा सहभागि भएका विद्यार्थीहरु मध्ये १ जनाले ३.६ देखि ४ जीपीए, ४ जनाले ३.२ देखि ३.६ जीपीए, ४ जनाले २.८ देखि ३.२ जीपीए, ४ जनाले २.४ देखि २.८ जीपीए, ७ जनाले २.० देखि २.४ जीपीए र १ जनाले १.६ देखि २.० जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र जंग रायमाझीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापम रायमाझीले परीक्षामा सफल सम्पुर्ण विद्यार्थी र उक्त नतिजा प्राप्त गर्न अहोरात्र खटिनुहुने शिक्षक तथा कर्मचारीहरुलाई हार्दिक वधाई ज्ञापन गर्नु भयो । न दरबन्दी, न कक्षा कोठा, न अनुभवि शिक्षक तर मिहिनेती शिक्षक र लगनशिल विद्यार्थीको कारण यो सफलता मिलेको प्रधानाध्यापक रायमाझिले वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt