• भरतपुर महानगरपालिकाद्धारा बजार अनुगमन तीब्र, कुहिएको अवस्थाका खसिको टाउको र खुट्टा नष्ट


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको छ । अखाद्य वस्तुको विक्री वितरण हुने गरेको गुनासो आएपछि महानगरपालिकाले बजार अनुगमनलाई अभियानकै रुपमा संचालन गरेको हो । भरतपुर महानगरपालिकाले बुधबार नारायणगढको पुलचोक र पोखरा बसपार्कका होटल, मासु र किराना पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका अधिकांश पसलले अखाद्य र म्याद गुज्रिएका खानेकुरा बिक्री गरेको पाइएको छ ।
    अनुगमन टोलीले पोखरा बसपार्कस्थित ताहिर मासु पसलवाट १८४ वटा खुट्टा र २८ वटा टाउको बरामद गरि महानगर परिसरमा ल्याई खाल्डो खनेर नष्ट गरेको छ । यसका अलावा चुरोट, सुर्ती, भोला, वियर, कुरकुरे लगायतका सामान पनि जफत गरि नष्ट गरिएको छ । त्यस्तै, अखाद्य खानेकुरा विक्री गर्ने पुलचोकको मार्फा रेष्टुरेन्ट र होटल डिडी बन्द गरिएको छ । यसैगरी अनुगमन टोलीले लापरबाही गर्ने सातवटा पसललाई पाँच हजार रुपैयाँका दरले ३५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
    भरतपुर महानगपालिकाको उपभोक्ता हित संरक्षण शाखाका अधिकृत थानेश्वर सापकोटाका अनुसार अनुगमनका क्रममा अखाद्य तथा म्याद सकिएका खाद्यवस्तु विक्रीको लागि राखिएको, होटलहरु दर्ता नविकरण नभएका, दर्तानै नभएका, फलफुल पसलमा समेत मदीरा बिक्रि बितरणका लागि राखिएको पाईएको छ । फलफुल पसलमा बिक्रिका लागि राखिएका मदीरा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
    अनुगमनमा भरतपुर महानगरपालिकाको अनुगमन समितिका सदस्यहरु बिष्णु भूजेल, मनोज रानाभाट, वडा नम्बर १ का वडा अध्यक्ष केशब महर्जन, कार्यपालिका सदस्य गोपाल दराई, वडा सदस्य मनोज घिमिरे, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt