• मौद्रिक नीतिले निजी क्षेत्रको अपेक्षालाई सम्बोधन गर्न सकेनः उद्योगी व्यवसायी


    भरतपुर/चितवनका उद्योगी व्यवसायीले मौद्रिक नीतिले निजी क्षेत्रको अपेक्षालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेका छन् । चितवनका उद्योगी व्यवसायीहरुको संगठन उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र चितवन चेम्वर आफ कमर्सका अध्यक्ष क्रमस चुन नारायण श्रेष्ठ, त्रिलोचन कँडेल र दीर्घमान श्रेष्ठले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकबाट यहि श्रावण ७ गते जारी गरिएको मौद्रिक नीतिको विरोध गर्नु भएको हो । वर्तमान आर्थिक मन्दीको चपेटाबाट शिथिल भएको निजी क्षेत्रलाई पुनरुत्थान गर्न सहयोगी हुने गरी मौद्रिक नीति आउनेमा निजी क्षेत्र विश्वस्त रहेको वताउँदै विज्ञप्तिमा त्यसको ठिक विपरित उद्योगी व्यवसायीको हित विपरित मौद्रिक नीति आएको भन्दै विभिन्न माग सहित नेपाल राष्ट्र बैंकको ध्यानकर्षण गराइएको छ ।
    विशेषतः मागमा आएको कमीबाट प्रभावित उद्योग÷व्यवसायको कर्जालाई पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने र पुर्नकर्जाको सुविधा उपलब्ध गराई उद्योग÷व्यवसायलाई पलायन हुनबाट बचाउने खालको मौद्रिक नीति आवश्यक रहेको वताउँदै विज्ञप्तिमा मौद्रिक नीतिले मन्दीका कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी बन्नुपर्ने माग गरिएको छ । वर्तमान समयको आर्थिक मन्दीबाट छुट्कारा दिई अर्थतन्त्रलाई पुरानै लयमा लैजान कार्यविधि तथा निर्देशिकाहरुको माध्यमबाट बैंक ब्याजदरलाई १ अंकमा झानुपर्ने, चालूपूँजीकर्जा सम्बन्धि मार्गदर्शनको कार्यान्वयनलाई थप २ वर्षको लागि स्थगन गर्नुपर्ने, उद्योगी÷व्यवसायीले आवश्यकता महशुस गरी सम्बन्धित बैंकमा आवेदन गरेमा कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा प्राप्तहुने व्यवस्था गर्नुपर्ने, उद्योग व्यवसायमा मन्दीले पारेको प्रभावका आधारमा सहुलियतपूर्ण कर्जाको क्षेत्र विस्तार गरी सीमा समेत थप गरेर सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने, बैंकले कर्जा प्रवाह गर्दा प्राथमिकता प्राप्त क्षेत्र (पेल्ट्र सेक्टर) को कर्जाको सीमा बृद्धि गर्ने र व्याजदरमा कमि ल्याई आन्तरिक उत्पादन बृद्धिमा जोड दिनुपर्ने माग गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt