• माओवादी निकटको टोल संजाल गठनः अध्यक्षमा तिवारी, संरक्षकमा देवकोटा


    भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर ११ अन्र्तगत नेकपा (माओवादि केन्द्र) निकट टोल विकास संस्थाका अध्यक्षहरुको भेला सम्पन्न भएको छ । भेलाले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा नबिन बाबु मरहट्टा, सचिवमा ओम सुनार, सह–सचिबमा साबित्री पौडेल आचार्य, कोषाध्यक्षमा धनु थापा मगर, सदस्यहरुमा राजु पौडेल, भोजराज दाहाल, सोनु श्रेष्ठ, टेक सिङ्ग पुन, प्रकाश अधिकारी चयन हुनु भएको छ । टोल सञ्जालको संरक्षकमा प्रकाश देवकोटा चयन हुनुभएको छ । समितिमा ३० वटा टोलका प्रतिनिधिहरु नै सदस्य रहने बताईएको छ ।
    बागमति प्रदेश सभा सदस्य ईश्वर सापकोटा “सुमन”को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा भरतपुर वडा नम्बर ११ का नेकपा (माओवादि केन्द्र) पार्टीका ईन्चार्ज राजन कुमार श्रेष्ठ, अतिथिहरुमा नेकपा(माओवादि केन्द्र) भरतपुर महानगर सदस्य जागेश्वर आचार्य, भरतपुर वडा नम्बर ११ का नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रकाश देवकोटा, उपाध्यक्ष विकास श्रेष्ठ, सचिव सन्देश अधिकारी लगायतको सहभागिता रहेको थियो ।
    प्रमुख अतिथि ईश्वर सापकोटाले समग्र वडाको समृद्धिको लागि यो सञ्जालको गठन कोशेढुङ्गा साबित हुने भन्दै बागमती प्रदेश सरकारको तर्फबाट सञ्जालको उद्देश्य प्रति सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    ईन्चार्ज राजन कुमार श्रेष्ठले सुकुम्वासी, भुमिहिनको हकहितको लागि निरन्तर लागिरहने र टोल सञ्जाललाई पार्टीले सकेको सहयोग गर्ने बताउनुभयो । साथै नेकपा माओवादी केन्द्र भरतपुर–११ का अध्यक्ष प्रकाश देबकोटाले जनसम्बन्ध सुद्धर्ढ गर्न र जनजीविकाका पक्षमा काम गर्न पार्टी र सञ्जाल लाग्नु पर्ने भन्दै शुभभाव ब्यक्त गर्नुभयो । भरतपुर ११ को समग्र बिकास, समृद्धि र सुशासन हांसिल गर्नको लागि टोलको भुमिका सशक्त र प्रभावकारी बनाउन मंजालले मुख्य भूमिका खेल्ने नवनिर्वाचित उपाध्यक्ष नविनबावु मरहट्टाले वताउनु भयो । कार्यक्रम टोल सञ्जालका सचिव ओम सुनारले सञ्चालन गर्नु भएको थियो ।

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt