• भरतपुर १० मा डेंगु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, फोहर व्यवस्थापन नगर्ने दुईवटा कवाडी पसल बन्द


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १० को आयोजनामा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं भन्ने अभियान अन्तरगत वडा कार्यालयले वडाध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा भित्रका विभिन्न टोलमा अनुगमन सहित सचेतना ¥याली गरेको हो । अनुगमनको क्रममा फोहर व्यवस्थापनमा लापरवाहि गरेको पाईए पछि भरतपुर १० स्थित दुईवटा बवाडी पसल बन्द गरिएको छ । वडा कार्यालयले पटक पटक ३५ दिने तथा १५ दिने सुचना जारी गरेर हट्न आग्रह गर्दा पनि अटेर गरेको र फोहर व्यवस्थापनमा लापरवाहि गरेको कारण रानीसा कवाडी पसल र माँ गढिमाई ट्रेडर्स एण्ड सप्लायस बन्द गराईएको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिनु भयो ।
    अनुगमनको क्रममा ति कवाडी पसलमा पानी जम्ने खाल्टाखुल्टि नपुरेको, टायर, वोतल लगायतका समानमा पानी जनेको, सरसफलाईमा लापरवाहि गरेको पाईएको जानकारी दिँदै वडाध्यक्ष खनालले कवाडी सामानको पसल वस्तिको विचमा राख्न नहुने, कवाडी पसल संचालनको लागि कम्तिमा ५ कठ्ठा जग्गा हुनु पर्ने, पसलमा अग्लो कम्पाउण्ड हुनुपर्ने लगायतका मापदण्ड रहेको वताउनु भयो ।
    भरतपुर महानगरपालिका वडा नं. १० स्तरीय आमा समुहको सहयोगमा आयोजित डेंगु सम्बन्धि सचेतना कार्यक्रममा डेंगु सम्बन्धि सचेतनामुलक प्रचार सामाग्री वितरण गरिएको थियो भने घरघरमा पसेर पानी जम्ने खाल्टाखुल्टि पुर्ने, पानी जम्न सामाग्री हटाईएको थियो । कार्यक्रममा वडा सचिव पदम प्रसाद अधिकारी, वडा स्तरीय आमा समुहकी अध्यक्ष अम्विका सापकोटा लगायत करिव एक सय जनाको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt