• भारतका महावाणिज्य दुतावास बीरगंजद्धारा पुर्व भारतीय सैनिकहरुलाई वरिष्ठ योद्ध सम्मान


    सन्तोष देवकोटा
    भरतपुर/बीरगंज स्थित भारतका महावाणिज्य दुतावासले भारतीय सेनाका पुर्व सैनिकहरुलाई वरिष्ठ योद्धा सम्मान गरेको छ । भुपु सैनिक कल्याणकारी क्लव चितवनको सहआयोजना रहेको उक्त कार्यक्रममा ८० वर्ष पुरा भएका ५१ जना पुर्व भारतीय सैनिकहरुलाई वरिष्ठ योद्धा सम्मान प्रदान गरिएको हो । क्लवका अध्यक्ष प्रेम वहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका पुर्व सैनिक ब्रिगेडियर जर्नेल प्रेम सिंह बस्न्यात प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्न्यातले समृद्ध मुलुक निर्माणको लागि छिमेकी देशको शैन्य सम्बन्ध सुमधुर हुनुपर्ने वताउनु भयो । भारतीय सेनाको जागरिका कारण हजारौ नेपालीको चुलो वलेको वताउँदै भारतीय सेनाको जागिर अर्थतन्त्रसंग पनि जोडिएको उहाँको भनाई थियो । दुई देश विचको सम्बन्ध राम्रो भएन भने सैन्य सम्बन्ध पनि विग्रिने भएको हुँदा सरकारले दुई देशका विचमा आपसि सहयोग र समन्वयमा जोड दिनु पर्ने वताउँदै नेपाली र भारतीय दुवै सेना आफ्नो क्षेत्रमा दक्ष र सक्षम भएको वताउनु भयो ।


    कार्यक्रमका विशेष अतिथी भारतका महावाणिज्य दुतावास बीरगंजका काउन्सिलर जनरल नितेश कुमारले उक्त कार्यक्रमले भारतीय सेनाका पुर्व सैनिकहरुलाई आत्मसम्मान वढेको वताउनु भयो । भारतीय सेनाका पुर्व सैनिकहरुको सम्मान गर्नु भरतीय सरकारको उदेश्य भएको वताउँदै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । भारतीय पुर्व सैनिकहरुले भारतको रक्षाको लागि खेलेको भूमिकाको उच्च सम्मान गर्दै उहाँले भारत सरकार भुपु सैनिकको हक हित र संरक्षमा सहयोग गर्र्न तत्पर रहेको जानकारी दिनुभयो ।
    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भारतका महावाणिज्य दुतावास बीरगंजका काउन्सिलर शषि भुषण कुमारले जेष्ठ नागरिक बनिसक्नु भएको भारतीय सेनाका पुवै सैनिकहरुलाई राष्ट र राष्ट्रियताको सवालमा एकजुट हुन आग्रह गर्दै सम्मान गर्न पाएकोमा आभार एवं धन्यवाद प्रकट गर्नु भयो । क्लवका पुर्व अध्यक्ष सन्तलाल गुरुङले संचालन गर्नु भको कार्यक्रममा संयुक्त भूपु सैनिक एवं कल्याणकारी महासंघका अध्यक्ष धन बहादुर थापा, अल नेपाल भारतीय पुर्व सैनिक कल्याणकारी संघका सस्थापक अध्यक्ष डा. लक्ष्मिकान्त पाण्डेलगायतले वोल्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt