• शिक्षक हकहित मञ्च नवलपरासी (ब.सु.पु.) गठन, अध्यक्षमा ढकाल


    सन्तोष देवकोटा
    भरतपुर/शिक्षक हकहित मञ्चको नवलपरासी (ब.सु.पु.) को जिल्ला कमिटी गठन गरिएको छ । नवलपरासी (ब.सु.पु.) का शिक्षकहरुको भेलाले सावित्री ढकालको अध्यक्षता १७ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा धनबहादुर ज्ञावली, महिला उपाध्यक्षमा गंगादेवि सारु मगर, सचिवमा ठाकुर खनाल, सहसचिवमा कृष्ण कुमारी सिँजाली, कोषाध्यक्षमा तिलकराम विरकट्टा चयन हुनु भएको छ ।
    यसैगरी भेलाले केन्द्रीय प्रतिनिधिमा भविलाल राना, गेस बहादुर राना, निलकण्ठ पोखरेललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा टुका कुमारी भुर्तेल, दानबहादुर राना, तिलक विरकट्टा, भेटबहादुर राना चयन हुनु भएको छ । कार्यक्रममा शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकाल प्रमुख अतिथी रहनु भएको थियो ।
    २०७५ चैत ४ पछिका स्थायी शिक्षकहरुलाइ पेन्सनबाट सरकारले बञ्चित गर्न लागेपछि देशैभरका स्थायी शिक्षकहरु आन्दोलित भएका छन् । अस्थायी सेवाबाट नपुग अवधि थप गरि देश भरका स्थायी शिक्षकहरुलाइ विभेद नगरि पुर्ववत पेन्सन उपलब्ध गराउनुपर्ने, सामुदायिक विद्यालय स्थानीय तहमा जिम्मेवारी हस्तान्तरण गर्न नहुने माग गर्दै स्थायी शिक्षकहरु आन्दोलन गर्दै आइरहेका छन । सोहि क्रममा काठमाडौं, चितवन, सुनसरी, रामेछाप लगायत विभिन्न जिल्लामा शनिबार भेला सम्पन्न भएका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt