• होटल व्यवसायी संघ चितवन र सिएमसी विच उपचार छुट संम्झौता


    सन्तोष देवकोटा
    भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन र भरतपुर १० स्तिथ चितवन मेडिकल कलेज (सिएमसी) को विचमा उपचार छुट संम्झौता भएको छ । उक्त उपचार छुट संम्झौतामा संघका तर्फबाट कार्य समिति सदस्य एवं स्वास्थ्य विभाग संयोजक ऋषिकेश अर्याल र सिएमसीका तर्फवाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नु भएको छ । संम्झौतामा हस्ताक्षर भएसंगै होटल व्यवसायी संघ चितवनका सम्पुर्ण सदस्यहरुले सिएमसीमा उपचार गराउँदा छुट सुविधा प्राप्त गर्ने भएका छन् ।
    उपचार छुट पाउनको लागि संघका सदस्यहरुले अस्पतालमा परिचयपत्र देखाउनु पर्नेछ । यसरी परिचयपत्र सहित उपचारको लागि सिएमसीमा आएका संघका सदस्यहरुलाई अस्पतालले स्वास्थ्य उपचार सेवामा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट उपलव्ध गराउने संम्झौतामा उल्लेख छ । सम्झौता पत्रमा साक्षिको रुपमा होटल व्यवसायी संघ चितवनका सदस्य एवं इकाई संयोजक कृष्ण कुमार महतो र सिएमसीका अपरेसन व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गर्नु भएको छ ।
    सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा होटल व्यसायी संघ चितवनका सदस्य गणेश पौडेल, रतन श्रेष्ठ, पुर्व उपाध्यक्ष विर बहादुर गुरुङ, शिवघाट इकाई अध्यक्ष उमाकान्त पोखरेल, नारायणगढ इकाई अध्यक्ष विष्णु भुषाल, रामनगर शिमलताल इकाई अध्यक्ष विष्णु न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt