भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको आयोजनामा आइतबार होलि विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । रंगहरुको पर्वको रुपमा लिईने होलिको अवसरमा आयोजित उक्त कार्यक्रममा संघका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले होली पर्वले व्यवसायीहरुका विचमा आपसि सद्भाव विकास गर्ने विश्वास व्यक्त गर्नु भयो । होलि जस्ता सास्कृतिक महत्व वोकेका पर्वहरुले एक अर्काको विचमा आत्मियता गढाउने वताउँदै प्रमुख अतिथी सापकोटाले पर्व मनाउने नामामा विकृति भित्राउन नहुने वताउनु भयो ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार सन्तोष पौडेल, सम्पूर्ण पदाधीकारी, कार्य समितिका सदस्य, विभिन्न इकाईका प्रतिनिधि लगायतको सहभागिता रहेको संघकी कार्यालय सचिव ममता आलेले जानकारी दिनुभयो । संघको सभा हलमा सम्पन्न भएको उक्त कार्यक्रम संघका सचिव राम बहादुर गुरूङले संचालन भर्नु भएको थियो ।