भरतपुर/पालुङ्टार ४ स्थित पण्डित गाउँमा बुधबार एक औपचारिक कार्यक्रमका विच दुर्गा प्रतिक्षालय उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले रिवन काटी वोर्ड अनावरण गरि प्रतिक्षालयको उद्घाटन गर्नु भएको हो ।
पालुङ्टार ३ पण्डितगाउँ निवासी इश्वरी प्रसाद सापकोटा र उहाका धर्मपत्नि सावित्रा सापकोटा परिवारले लुईटेल भच्चेक सडक खण्डमा उक्त प्रतिक्षालय निर्माण गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रदेशसभा सदस्य आचार्यले सार्वजनिक स्थलमा पार्टी पौवा, चौतारो वनाउने नेपालीको सास्कृतिक परम्परा भएको वताउँदै यस्ता सस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको वताउनु भयो ।
सार्वजनिक स्थलमा निर्माण गरिएको यस्ता प्रकारका प्रतिक्षालय वटुवाको आराम गर्ने चौतारीको रुपमा स्थापित भएको वताउँदै उहाले यस्ता समाजिक काममा सवैले सहयोग गर्नुपर्ने वताउनु भयो । यस्ता खालका सामाजिक काम गर्नु नेपालीको परम्परा भएको वताउँदै आचार्यले यस्ता कामले आत्मियता विकास गर्ने वताउनु भयो ।
कार्यक्रममा वोल्दै प्रतिक्षालय निर्माता इश्वरी प्रसाद सापकोटाका छोरा ऋषिराम सापकोटाले वुवाको इच्छा बमोजिम प्रतिक्षालय निर्माण सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै उक्त प्रतिक्षालय समुदायको सम्पत्ति भएको हुँदा यसको संरक्षणमा सवैले ध्यान दिनुपर्ने वताउनु भयो ।
कार्यक्रममा वोल्दै प्रतिक्षालय निर्माता इश्वरी प्रसाद सापकोटाले आफ्नो हजुरवुवा रघुनाथ सापकोटा, हजुरआमा हरिमाया सापकोटा, पिता विष्णु प्रसाद सापकोटा र माता कुन्ति सापकोटाको स्मृतिमा उक्त प्रतिक्षालय निर्माण गरेको जानकारी दिनुभयो । स्थानीय माधव न्यौपानेले संचालन गर्नु भएका उक्त कार्यक्रममा अमरज्योति माध्यमिक विद्यालय लुईटेलका शिक्षक अर्जुन पौडेल, शुदर्शन आधारभूत विद्यालय माल्तिगैराका शिक्षक प्रदिप देवकोटा, स्थानीय अखिलनाथ देवकोटा, लोकचन्द्र देवकोटा, रामदत्त देवकोटा, वुद्धि विलास देवकोटा, दण्डपाणी देवकोटा, शिव पौडेललगायतको सहभागिता रहेको थियो ।