• राष्ट्रपतिको कदम षडयन्त्रपूर्ण ः मानव अधिकार तथा शान्ति समाज


    भरतपुर/मानव अधिकार तथा शान्ति समाज नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको आह्वान प्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि शुक्रबार साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई गर्नुभएको आह्वान सम्वन्धमा मानव अधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
    मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालद्धारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको, संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले संविधानत ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गनुपथ्र्यो वा राजीनामा दिनुपथ्र्यो वताउँदै त्यसपछि मात्रै संविधानको धारा ७६ को उपधारा ५ आकर्षित हुने जनाइएको छ ।
    विश्वासको मत प्राप्त हुने दरो राजनीतिक आधार नदेखिएको स्विकार गर्ने प्रधानमन्त्री ओलीले राजिनामा नदिनु सन्देहास्पद एवं आपत्तिजनक भएको जनाउँदै विज्ञप्तिमा प्रधानमन्त्रीले विश्वास मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा छोटो समयसीमा तोकी धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्नु षडयन्त्रपूर्ण भएको वताईएको छ । साथै २४ घण्टा भन्दा कम अवधिमा सम्पुर्ण प्रक्रिया टुंग्याउन खोज्ने यो प्रक्रिया विवादास्पद भएको वताउँदै विज्ञप्तिमा राष्ट्रपतिको निर्णय प्रतिनिधिसभा छिटो भन्दा छिटो विघटन गर्ने नियतले प्रेरित देखिएको वताईएको छ ।
    नेपालमा कोभिड संक्रमण तिव्र भएर आधारभूत उपचार नपाई नागरिकहरुले ज्यान गुमाइरहेको बेला देशलाई निर्वाचित प्रतिनिधिसभा विहिन बनाउने, अध्यादेशबाट शासन चलाउने, निर्वाचनलाई अनिश्चित गर्ने र लामो समय सत्तामा रहिरहने बदनियतले प्रेरित कदमहरुप्रति शान्ति समाजले गहिरो चिन्ता व्यक्त गरेको छ । साथै सर्वोच्च अदालतबाट गत फागुन ११ गते प्रतिनिधिसभा पुर्नस्थापना भइसकेपछि पनि मुल्यविहिन राजनीति गरेका संसदका प्रमुख दलहरुको संदिग्ध भूमिकाप्रति शान्ति समाजले दुख व्यक्त गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt