बालकृष्ण खनाल
याद आँउँदा तिम्रो अचेल, भक्कानिन्छु धेरै ।।।
सम्झि सम्झि मन बुझाउन, लाग्छ निक्कै बेरै ।।
सम्झाई सम्झाई बुझाएका जिन्दगीका पाटोहरू
मेरै लागि देखाएका जिउने असल बाटोहरू ।।
पल पलमा याद आँउँछन् मलाई जति खेरै ।।।।
सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।।
भएपनि हाम्ले टेक्ने अलग आँगन कर्साहरू ।।
नदेखियोस मन फाटेको कहिँ कतै धर्साहरू ।।
सँगै हुन नपाउने यो कर्म दोषी मेरै ।।।।।।।।
सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।