मुक्तकः कर्णालीमा
बालकृष्ण खनाल
भरतपुर, चितवन
गाउँमा अझै झरो बल्छ, विजुली छैन मट्टीतेल छैन कर्णालीमा
मोटर गुड्दैन बाटो छैन, सपनामै भएपनि रेल छैन कर्णालीमा ।
तैपनि हामीलाई सुकुन छ आनन्द छ, यसमै खुशी छौँ सरकार
कम्तीमा राजधानीमा जस्तो निद्रा हराउने खेल छैन कर्णालीमा ।