भरतपुर/रोटरी क्लव अफ चितवनको अयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ चितवनले संचालन गरेको रोटरी करुणालय देवघाटमामा संचालन भएको उक्त स्वास्थ्य तथा दन्त शिविरमा करुणालयमा आश्रीत जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य र रोट्याक्ट क्लव अफ चितवनका अध्यक्ष सौगात अर्यालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं रोटरी करुणालय देवघाटका अध्यक्ष चन्द्रमान श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । शिविरमा करुणलयमा आश्रीत ३७ जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य एवं दाँत परिक्षण गरिएको थियो ।
कार्यक्रममा निशुल्क औषधिसमेत वितरण गरिएको थियो । रोट्याक्ट क्लव अफ चितवनका उपाध्यक्ष डा. निशा रेग्मीले कार्यक्रम व्यवस्थापन गर्नु भएको थियो भने रोट्याक्ट क्लव अफ चितवनका सर्जेन्ट एट आर्म प्राजु पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका सम्पादक रोशन खरेल, सदस्य प्रभा गुरुङ, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजर सायल पाण्डे, विपासा घिमिरे, निर्वाचित अध्यक्ष अच्युत न्यौपाने, पुर्व अध्यक्ष निरज खनाल, उपाध्यक्ष सोनिश श्रेष्ठ, युगल श्रेष्ठ, विकास शाहलगायतको सहभागिता रहेको थियो ।