बालकृष्ण खनाल
भरतपुर, चितवन
फूलोटको उकालोमा भेटिएकि गोरी
बाजुराकी मैयाँ हौ कि अछामकी छोरी ?
चट्ट परि कता हो नि पल्लो गाउँ कि घट्ट
पिठ्युँमा नि भारी रैछ कोदो हो कि तोरी ?
बाटो काट्न सजी हुन्थ्यो यसो बोल्न पाए
मिल्छ भने दुई चार वात मारम न त मोरी ।
मेरैलाई हो ठानुँ भने बोली वचन भाको छैन
कस्का लागि हिँडेकी हौ छड्के कपाल कोरी ।
नागवेली चाल तिम्रो मन्द मुस्कान ओठले
फर्कि फर्कि हेर्दै मैयाँ लग्गौ नि मन चोरी ।
कहिले त एकै भेट नि काफी हुन्छ मायाँ बस्न
नपत्याए तिम्रो तस्बिर हेर मेरो दिल यो फोरी ।