• सगुन साकोसको १३ औं साधारणसभा सम्पन्न

    सन्तोष देवकोटा
    भरतपुर/सगुन बचत तथा ऋण सहकारी संस्था लि भरतपुर ३ बेलचोकको १३ औं वाषिक साधारणसभा सम्पन्न भएको छ । असोज १४ गतेवाट सुरु भएको साधारणसभा प्रतिनिधि सदस्यहरुको उपस्थितीमा सोमबार सम्पन्न भएको हो । कोरोना संक्रमणको कारण सवै सदस्यहरुलाई एकैचोटी भेला गरि कार्यक्रम गर्ने अवस्था नरहेकोले प्रतिनिधिमुलक सदस्यहरुको उपस्थितमा साधारणसभा सम्पन्न गरिएको व्यवस्थापक सरिता अधिकारीले जानकारी दिनुभयो ।
    संस्थाका अध्यक्ष तोयानाथ चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पण्डितले समाजमा उद्यमशिलताको विकास गरेको वताउनु भयो । सहकारीले सदस्यहरुलाई आर्थिक लगानी गरेर आयआर्जनमा योगदान गर्नुका साथै सदस्यहरुमा वचत गर्ने बानीको विकास गरेको वताउँदै उहाले सहकारीलाई सदस्यहरुको भावना र आवश्यकता अनुरुप काम गर्न आग्रह गर्नुभयो ।


    कार्यक्रममा सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक माधव प्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन, सचिव बद्रीनाथ पोखरेलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष गंगादेवी भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा शेयर सदस्यका छोराछोरी मध्ये कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने दुईजनालाई सम्मान र पुरस्कृत गरिएको थियो ।
    यसैगरी कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता अन्जली बस्ताकोटी, उत्कृष्ट विशेष बचतकर्ता उदयमान श्रेष्ठ, उत्कृष्ट दैनिक बचतकर्ता दिल बहादुर बयम्बु, उत्कृष्ट ऋण परिचालक रंजिता श्रेष्ठ, जेष्ठ सदस्य बामदेव खनाल, कनिष्ठ सदस्य श्रेया पौडेल, जेष्ठ अभिभावक नुन्नुदत्त सापकोटा र सोम कुमारी उपाध्यायलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा सल्लाहकार संयोजक चुडामणी पौडेल, सल्लाहकार बामदेव खनाल, शेयर सदस्य एक प्रसाद लामिछाने, निर्मला पौडेललगायतले वोल्नु भएको थियो । साधारणसभाको अवसरमा नारायणगढ स्थित चमेलीदेवी पिया माध्यमिक विद्यालयका चार जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी वितरण रिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt