प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताइन् ।
उनले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने उल्लेख गरिन् ।
बिहीबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ कुरा गर्दै भुसालले मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक कलह बढदै गएको बताइन् ।
माओवादी प्रवक्ता भुसालले संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । साथै आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुने विश्वास व्यक्त गरिन् ।