• भरतपुर ४ मा नेपाली काँग्रेसका रघुनाथ सापकोटाको उम्मेदवारी घोषणा


    भरतपुर/नेपाली कँग्रेसका युवा नेता रघुनाथ सापकोटाले आगामी वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर ४ को वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । चुनावमा आकांक्षीहरुले दावी प्रस्तुत गर्ने सवालमा शनिबार नेपाली काँग्रेस चितवनको कार्यालय कमलनगरमा नाम दर्ता गराएर उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणासंगै उम्मेदवार सापकोटाले भोट माग्नको लागि चुनावी घरदैलो अभियानलाई समेत तिब्रता दिनु भएको छ । नेपाली काँग्रेसको अवस्था वलियो रहेको उक्त वडामा अघिल्लो पटक भएको स्थानीय तहको चुनावमा प्राविधिक कारणले गर्दा काँग्रेसले हार व्यहोर्नु परेको वताउँदै उहाँले यस पटक काँग्रेसको जित निश्चित भएको दावी गर्नुभयो । योग्य, कर्मठ, भ्रष्टाचार बिरोधी, निडर व्यक्तीको रुपमा परिचित सापकोटाले चुनाव जित्ने आम मतदाताको धारण रहेको छ । अन्य पर्टीका उम्मेदवारसंग प्रतिस्पर्धा गरि काँग्रेसको जित निश्चित गर्न नेपाली काँग्रेसले सापकोटालाई उम्मेदवार वनाउनु आवश्यक रहेको आम मतदाताले वताएका छन् । नेपाली काँग्रेसका केन्द्रिय र वागमती प्रदेश सभापतिको लाईनका उम्मेदवार भएकाले पनि चुनाव जित्न सहज हुने अनुमान गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt