• स्थापना दिवसमा रोटरी करुणालयलाई सहयोग


    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ चितवनले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा शुक्रवार देवघाटमा संचालित रोटरी करुणालय (वृद्धाश्रम)मा खानासहित आर्थिक सहयोग गरेको छ । क्लवले करुणालयमा एक छाक स्पेशल खाना वरावरको दश हजार र थप ५० हजारसहित कुल ६० हजार रुपैया आर्थिक सहयोग गरेको हो । रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पिया प्रमुख अतिथी रहनु भएको सहयोग हस्तान्तरण कार्यक्रम रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    उक्त कार्यक्रमा क्लवका सचिव गोपाल भट्टराईले यहि बैसाख १ गते देखि लागू हुने गरि रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयलाई प्रतिदिन ५० रुपैयाको दरले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष तथा रोटरी करुणालयका सचिव उत्तमलाल चुके, क्लवका निर्वाचित अध्यक्ष दिपक प्रधान, सचिव गोपाल भट्टराई, स्पाउस माना पिया, रोशनी प्रधान, रोट्याक्ट क्लव अफ चितवनका सहसचिव सायल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt