• नारायणी नमुना माविको अध्यक्षमा पुनः थापा निर्वाचित


    सन्तोष देवकोटा
    भरतपुर/देशकै उत्कृष्ट शैक्षिक सस्थाको रुपमा स्थापित भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा पुनः टेक बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । विहीबार विद्यालयमा सम्पन्न अभिभावकहरुको वृहत भेलाले पुनः टेक बहादुर थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मेघनाथ सुवेदी, राधा न्यौपाने दवाडी, सीता वोट, विजया लम्साल, रामु ज्ञवाली रहनु भएको छ । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल रहनु भएको छ भने सदस्य सचिवको रुपमा विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद दवाडी रहनु भएको छ ।
    यसैगरी भेलाले नवराज मरहट्टाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । नवगठित शिक्षक अभिभावक संघको सदस्यहरुमा प्रकाश तिवारी, सन्तोष देवकोटा, प्रतिमा अधिकारी, जनार्दन ढकाल, डोलेश्वर भट्टराई, बलराम खनाल चयन हुनु भएको छ । बिहीबार सम्पन्न अभिभावक भेलामा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत (विद्यालय निरिक्षक) ऋषिराम शर्मा, भरतपुर महानगरपालिका शिक्षा समितिका सदस्य बाबुराम दवाडी, विद्यालय व्यवस्थापन समतिका पुर्व पदाधिकारी एवं सदस्यहरु, पुर्व सल्लाहकार समितिका पदाधिकारी एवं सदस्यहरुलगायत अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt