भरतपुर/रोट्रयाक्ट क्लब अफ चितवनको आयोजनामा भरतपुर १ देवघाट स्थित रोटरी करुणालय वृद्धाआश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका अध्यक्ष रोशन खरेलले अध्यक्षता गर्नुभएको कार्यक्रमको प्रमुख अथिति चितवन रोटरी क्लबका पूर्व अध्यक्ष तथा रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठ रहनुभएको थियो । प्रमुख अथिति चन्द्रमान श्रेष्ठको स्वास्थ्य परीक्षण गरी सुरुवात गरिएको कार्यक्रममा करुणालयमा आश्रित सबै ३५ जना वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरी उहाँहरु लाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको क्लबकी उपाध्यक्ष प्रभा गुरुङले जानकारी दिनुभयो । सह सचिव निशा रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन कम्युनिटी सर्भिस डिरेक्टर विक्रम शाहले गर्नु भएको थियो ।